back
CTIZAN AD

आज २८९२ जनामा कोरोना संक्रमण, ४० जनाको मृत्यु

वि.सं.२०७८ असार १६ बुधवार

741 

shares

१६ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका २८९२ जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ७,१८७ पिसीआर र ४३८१ ऐन्टिजेन गरी ११,५६८ नमुना परीक्षणमा २८९२ जना संक्रमित थपिएका हुन् ।

आज भक्तपुरमा ४७, ललितपुरमा ८९ र काठमाडौंमा ४३६ गरी उपत्यकामा ५७२ जनामा संक्रमण पुष्टि भएको छ । मंगलबारको तुलनामा बुधबार उपत्यकामा संक्रमित हुनेको संख्या केही बढेको छ ।

नेपालमा हालसम्म पिसीआर विधिबाट ६ लाख ३८ हजार ८०५ जना र ऐन्टिजेन विधिबाट ३४ हजार ९४४ गरी कूल ६ लाख ७३ हजार ७४९ जना संक्रमित भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी ३५९७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ३५९७ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५ लाख ९६ हजार १३२ पुगेको छ । मन्त्रालयका अनुसार निको हुनेको यो संख्या ९३.३ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका ४१ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ९११२ पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

मन्त्रालयका अनुसार हाल नेपालमा हाल ३३ हजार ५६१ जना संक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ३० हजार ५४४ र संस्थागत आइसोलेशनमा ३०१७ जना रहेका छन् ।

त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ६२७ र भेन्टिलेटरमा १७५ जनाको उपचार भइरहेको छ । मंगलबारको तुलनामा मंगलबार भेन्टिलेटर र आइसीयुमा उपचार गराउनेको संख्या केही घटेको छ ।

वि.सं.२०७८ असार १६ बुधवार १७:०१ मा प्रकाशित

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...