back
CTIZAN AD

आयोगद्वारा छुवाछूत घटनाका दोषीलाई संरक्षण नगर्न आग्रह

वि.सं.२०७८ असार १६ बुधवार

615 

shares

१६ असार, काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले जातीय विभेद तथा छुवाछूतजस्तो संवेदनशील घटनामा संलग्न दोषीलाई संरक्षण गर्ने कार्य नगर्न आग्रह गरेको छ ।

आयोगले छुवाछूतका घटनालाई संवेदनशील रुपमा लिई घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धानमार्फत दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन तथा पीडितको न्याय, मर्यादा र समानताको अधिकार संरक्षण गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले सामाजिक सञ्जालमा आफ्ना विचार प्रस्तुत गर्दा संयमित हुन र सामाजिक सद्भाव राख्न सम्बद्ध सबै पक्षलाई अनुरोध गरेको छ ।

सञ्चारकर्मी रुपा सुनारलाई जातीय पहिचानका आधारमा कोठा नदिई भेदभाव गरेको भनी आयोगमा उजूरी प्राप्त हुन आएपश्चात् आयोगले यस घटनालाई गम्भीर रुपमा लिई प्रहरी तथा कानून कार्यान्वयन गर्ने निकायबाट गरिएको अनुसन्धानलाई नजीकबाट अनुगमन गरिरहेको जनाएको छ ।

जातीय विभेदजस्तो अमानवीय र संवेदनशील घटनाका दोषीलाई सरकारका मन्त्रीले सरकारी गाडीमा राखेर प्रहरी कार्यालयबाट घर लगेको विषयमा मन्त्री कृष्णगोपाल श्रेष्ठसँग आयोगले आज छलफल गरेको छ ।

मन्त्री श्रेष्ठले उक्त घटनामा नहुनुपर्ने कुरा भएको, उक्त घटनामा आफू झण्डासहितको सरकारी गाडीमा नगएको भए हुन्थ्यो भन्ने कुरा महसुस गरेको र भविष्यमा यस प्रकारका घटना नदोहोरिनेमा आफू सचेत रहने बताए ।

नेपाल जातीय विभेदसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको पक्षराष्ट्र बन्नाका साथै जातीय विभेद उन्मूलनका लागि अन्तर्राष्ट्रि««य मञ्चमा प्रतिबद्धता व्यक्त गर्दै आएको छ ।

नेपालको संविधान, जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव (कसूर र सजाय) ऐन २०६८ र मुलुकी अपराधसंहिता २०७४ ले जातीय विभेदलाई कानूनी अपराधका रुपमा लिई सजायको व्यवस्था गरेको छ ।
रासस

वि.सं.२०७८ असार १६ बुधवार १६:५१ मा प्रकाशित

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...

पर्सामा एक सय किलो गाँजा पक्राउ

पर्सामा एक सय किलो गाँजा पक्राउ

काठमाडौैँ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल...

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौँ । विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए...

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि...

बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै छ ?

बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै छ ?

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...