
१६ असार, काठमाडौँ । एनएमबि बैंकले ‘एनएमबि सापटी २.०’ एक आर्टिफिसियल इन्टेलिजेन्सद्वारा सञ्चालित कर्जा सेवा सुरु गरेको छ । जस अन्तर्गत कर्जा प्रवाहको लागि आवेदन देखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप विना डिजिटल रूपमै गर्न सकिने बैंकले जनाएको छ ।
यो २४ सैँ घण्टा, सातै दिन पूर्ण स्वचालित रुपमा प्रदान गरिने कर्जा सुविधा हो । यो सेवा बैंकसम्म नधाईकनै मोबाइलको प्रयोगबाट आवेदन दिएको ५ मिनेट भित्र नै प्राप्त गर्न सकिन्छ ।
एनएमबिमा व्यक्तिगत कर्जा भएका ग्राहकहरुलाई २४ महिनासम्मको लचिलो अवधि सहित २ लाख सम्म २४ सैँ घण्टा र सातै दिन कर्जा तुरुन्त उपलब्ध गराइने बैंकले जनाएको छ । ग्राहकहरुले आफ्नो सहज र सुविधाको आधारमा कर्जा रकम र कर्जा चुक्ता अवधि छनौट गर्न सक्नेछन् ।
वि.सं.२०७८ असार १६ बुधवार १६:४३ मा प्रकाशित