back
CTIZAN AD

पूर्वी अफगानिस्तानमा सेनाको कारबाहीमा परी १० तालिबानी लडाकूको मृत्यु

वि.सं.२०७८ असार १६ बुधवार

696 

shares

१६ असार, काबुल । पूर्वी अफगानिस्तानको वार्डाक प्रान्तमा मङ्गलबार सेनाले गरेको कारबाहीमा दश जना तालिबानी लडाकूको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उक्त कारबाहीमा अरु १२ जना लडाकू घाइते हुनुका साथै सेनाले तालिबानी समूहका गोलाबारुद र हातहतियार नष्ट पारिदिएको छ ।
सेनाले वार्डाक प्रान्तको प्रान्तीय राजधानी मैदान शार र अलासाङ क्षेत्रमा लुकेर बसेका तालिबान लडाकूका तीन ठाउँलाई लक्षित गरी कारबाही गरेको थियो । सेनालाई अफगान वायुसेवाले समेत मद्दत गरेको थियो ।

छिमेकी परवान प्रान्तमा सेनाले गठन गरेको स्थानीयबासीको हतियारधारी प्रतिकार समूहले तालिबान लडाकूहरुलाई शिनबार जिल्लाबाट मङ्गलबार भगाएको पनि सेनाले जनाएको छ । परवान प्रान्तको साइगर्ड जिल्लामा नियन्त्रण गरेर बसेका तालिबान समूहलाई पनि सेनाले लखेटेको रक्षा मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

अफगानिस्तानबाट अमेरिकी र नेटो सैनिकहरु स्वदेश फर्किन लागेसँगै तालिबान समूहले अफगानिस्तानका सरकारी फौजसँग प्रतिरोधपूर्ण संघर्ष गरिररहेको छ । पछिल्लो विवरण अनुसार तालिबान समूहले देशका ४० भन्दा बढी जिल्लालाई आफ्नो नियन्त्रणमा लिइसकेको तालिबान समूहले दाबी गरेको छ ।
रासस

वि.सं.२०७८ असार १६ बुधवार १६:३७ मा प्रकाशित

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...