
१६ असार, पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तनहुँ, कास्की र पर्वतका १\१ जना रहेको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पछिल्ला केही दिनयता प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या घट्दै गएको छ ।
आज थपिएका ५ जनासँगै प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९४८ पुगेको छ ।
त्यसैगरी प्रदेशमा आज म्याग्दीमा ४२, पर्बतमा ६०, गोरखामा २५, तनहुँमा ९४, लमजुङमा ३४, कास्कीमा ८३, बाग्लुङमा १८, स्याङजामा ३२ र नवलपरासीपूर्वमा ३८ जना गरी ४२६ जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये २११ जना महिला र २१५ जना पुरुष रहेका छन् ।
मंगलबारको तुलनामा बुधबार संक्रमितको संख्या कहेी बढेको छ । साथै प्रदेशमा आज १८४ जना संक्रमणबाट मुक्त भएका छन् ।
आज थपिएका ४२६ जनासँगै प्रदेशमा हालसम्म ५५ हजार ७५० जना संक्रमित भएका छन् भने ती मध्ये ५१ हजार ९१५ निको भएका छन् ।
प्रदेशमा हाल २८८७ जना सक्रिय संक्रमित रहेकोमा मध्ये २५६६ जना होम आइसोलेशनमा रहेका छन् ।
वि.सं.२०७८ असार १६ बुधवार १७:२६ मा प्रकाशित