
१५ असार, पोखरा । गण्डकी प्रदेशमा मंगलबार थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीमा ३, लमजुङ र गोरखामा १/१ जना गरी ५ जनाको मृत्यु भएको हो । आज थपिएका ५ जनासँगै प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९४५ पुगेको छ ।
त्यसैगरी प्रदेशमा आज म्याग्दीमा ७, पर्बतमा ३, गोरखामा ७, तनहुँमा ४४, लमजुङमा ९, कास्कीमा ११९, बाग्लुङमा २९, स्याङजामा २२ र नवलपरासीपूर्वमा ४३ जना गरी २८३ जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये १३७ जना महिला र १४६ जना पुरुष रहेका छन् । साथै प्रदेशमा आज ३३५ जना संक्रमणबाट मुक्त भएका छन् ।
आज थपिएका २८३ जनासँगै प्रदेशमा हालसम्म ५५ हजार ३२४ जना संक्रमित भएका छन् भने ती मध्ये ५१ हजार ७३० निको भएका छन् ।
प्रदेशमा हाल २६४९ जना सक्रिय संक्रमित रहेकोमा मध्ये २३८८ जना होम आइसोलेशनमा रहेका छन् ।
गण्डकी प्रदेशमा थप ६ जना कोरोना संक्रमितको मृत्यु, ४३१ जना संक्रमित
वि.सं.२०७८ असार १५ मंगलवार १७:३४ मा प्रकाशित