back
CTIZAN AD

कृषिप्रधान देश धान–चामलमा परनिर्भर, १० महिनामै ४८ अर्बको आयात

वि.सं.२०७८ असार १५ मंगलवार

1K 

shares

असार १५, काठमाडौं । नेपालले १० महिनाको अबधिमा करिब ४८ अर्ब बराबरको धान–चामल आयात गरेको छ । भन्सार विभागकोे तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेठसम्ममा उक्त रकम बराबरको धान–चामल आयात गरेको हो ।

तथ्यांकअनुसार यो अवधीमा नेपालमा १० देशबाट धान–चामल आयात भएको देखिन्छ ।

विभागको तथ्यांकअनुसार ४८ अर्बको धान–चामल आयत गर्ने कृषिप्रधान देशले यो अवधिमा करिब १९ करोड रुपैंयाँ बराबरको चिउरा र मुरही (भुजा) भने निर्यात गरेको छ । तथ्यांकअनुसार जेठसम्ममा नेपालले सो रकम बराबरको भुजा र चिउरा निर्यात गरेको हो ।

यो अवधिमा नेपालले ४८ अरबको धान–चामल आयत गर्दा करिब ४ अर्ब कर संकलन गरेको छ ।

कहाँ–कहाँबाट आयात ?

नेपालले धान–चामल आयत गरेका देशहरुमा भारत, चिन, फिलिपिन्स, थाइलैण्ड, जापान, पपुवान्युगिनी, कोरिया, संयुक्त राज्यअमेरिका, भियतनाम, इटली, टर्कीलगायतका देशहरुबाट धानचामल आयात गर्ने गरेको छ ।

तथ्यांकअनुसार नेपालले सबैभन्दा बढि धान–चामल भारतबाट आयात गरेको छ । भारतपछि नेपालले चीन र अमेरिकाबाट सबैभन्दा बढि आयात गरेको छ ।

त्यस्तै नेपालले अस्ट्रेलियामा सबैभन्दा बढी चिउरा निर्यात गर्ने गरेको छ । विभागको तथ्यांकअनुसार जेठसम्ममा करिब ३ करोड रुपैंयाँ बराबरको चिउरा अस्ट्रेलिया निर्यात भएको छ । त्यस्तै हङ्कङ र जापानमा मात्र मुरही निर्यात गरेको छ ।

धान–चामलको आयात निरन्तर बढ्दै

आर्थिक वर्ष २०७८/०७९ को बजेटमा सरकारले ५ वर्षको अवधिमा धान उत्पादनमा आत्मनिर्भर हुने लक्ष्य लिएको छ । तर, उत्पादनको स्तर र आयातको अवस्थालाई हेर्दा त्यो लक्ष्य निकै मित्थ्या लाग्छ । एकातिर कृषि विभागको तथ्यांकले धान उत्पादन सामान्य अपेक्षाअनुसारको पनि नभएको बताउँछ भने भन्सार विभागको तथ्यांकले धान–चामल आयात वर्षेनी बढिरहेको देखाउँछ ।

कृषि विभागका अनुसार चालु आर्थिक वर्ष २०७७/०७८ मा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको छ । विभागका अनुसार १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा सो धान उत्पादन भएको हो । विभागले बताएअनुसार यो उत्पादन गत वर्षभन्दा केहि हजार मेट्रिक टन मात्रै बढि हो ।

सँगै भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो १० महिनाको अवधिमा मात्रै नेपालले ४८ अर्बको धान–चामल आयात गरेको छ । विभागका सुचना अधिकारी शिशिर घिमिरले बताएअनुसार यो तथ्यांक विगतका वर्षहरुका भन्दा धेरै बढी हो ।

वि.सं.२०७८ असार १५ मंगलवार १७:४४ मा प्रकाशित

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...