back
CTIZAN AD

कृषि तरकारी थोक बजारको शिलान्यास

वि.सं.२०७८ असार १८ शुक्रवार

669 

shares

१८ असार, मकवानपुर । बागमती प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा हेटौडा उपमहानगर पालिकाको संयुक्त लगानीमा उपमहानगरपालिकाको वडा नं ११ स्थित थानाभरयाङ्गमा दुई बिगाहा ४ धुर क्षेत्रफलमा निर्माण गरिने अन्तरराष्ट्रिय स्तरको कृषि तरकारी थोक बजारको मुख्यमन्त्री डोरमणि पौडेलले आज शिलान्यास गरेका छन् ।

मुख्यमन्त्री पौडेलले कृषि क्षेत्रको उत्पादन क्षमता बढाउन, उपयुक्त भण्डारण गर्न, ग्रेडिङ्, प्रशोधन गरी प्याकिङ्सहित शीतभण्डारको व्यवस्थालाइ व्यवस्थित गर्न सरकारले यस्तो योजना निर्माण थालनी गरेको बताए। मन्त्रालयको ७० र उपमहानगरपालिकाको ३० प्रतिशत लगानीमा परम्परागत कृषि प्रणालीलाइ रुपान्तरण गरी आधुनिक र व्यावसायिक बनाउन थोक बजारको निर्माण गर्न लागेको जानकारी दिइएको छ ।

यसले बजारीकरण गर्न व्यवस्थित एवम सुविधा सम्पन्न कृषि थोक बजार निर्माण गरी देशको कृषि तथा तरकारी खेतीलाई समय सापेक्ष विकास गर्न योगदान पुग्ने विश्वास लिइएको छ । सो योजनाको लागत २८ करोड ३६ लाख ५६ हजार रहेको छ । साथै २०८१ जेष्ठसम्म निर्माण सक्ने लक्ष्य छ ।
रासस

वि.सं.२०७८ असार १८ शुक्रवार १६:४४ मा प्रकाशित

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...

पर्सामा एक सय किलो गाँजा पक्राउ

पर्सामा एक सय किलो गाँजा पक्राउ

काठमाडौैँ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल...

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौँ । विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए...

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि...

बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै छ ?

बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै छ ?

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...