back
CTIZAN AD

छालाको डोकाको व्यवसाय फस्टाउँदै

वि.सं.२०७३ फागुन ३ मंगलवार

783 

shares

/f]Nkfdf e}F;Lsf] 5fnfaf6 8f]sf] tof/L e}F;L tyf /fFufsf] 5fnfaf6 df]l8Psf 8f]sf agfpFb} sf]rf{afª–$ 3fkfufpF /f]Nkfsf 6ªsaxfb'/ a'9fdu/ . /f]NKffdf 5fnfaf6 lgdf{0f ul/Psf 8f]sf cTolws dfqfdf k|of]u x'Fb} cfPsf] 5 . o:tf 8f]sf Jofkf/Lx?n]] clxn] kf]v/f, lrtjg nufot cGo lhNnfdf laqmLsf nflu n}hfg yfn]sf 5g  tl:a/ M  sljtf pkfWofo, lnafª -/f]Nkf_, /f;;

३ फागुन,लिबाङ (रोल्पा) । कोर्चाबाङ–४ घापागाउँका ४८ वर्षीय टङ्कबहादुर बुढामगर छालाको डोको बनाउनमै व्यस्त देखिनुहुन्छ । आफ्नै श्रम र सीपमा जिल्लामै निर्माण गरिएका छालाको डोकोले बजार पाउन थालेपछि उहाँको व्यस्तता बढेको हो

जिल्लामा मात्र नभई चितवन, पोखरा, काठमाडौँलगायत ठाउँका इँटाभट्टामा छालाको डोकोको माग बढ्दै गएको छ । एउटा राँगा र भैँसीको छालाबाट करिब तीन वटासम्म डोको बनाउन सकिने बुढामगर बताउनुहुन्छ । प्रतिडोकोको मूल्य रु एक हजारदेखि रु एक हजार २०० सम्म पर्छ ।

छालाको डोको बनाएर बुढामगरले मासिक रु ३० हजारदेखि ४० हजारसम्म आम्दानी गर्दै आउनुभएको छ । डोकोलाई घामपानीबाट बचाउन सके पाँचदेखि सात वर्षसम्म टिक्ने उहाँ बताउनुहुन्छ । बुढामगरको आर्थिक अवस्था कमजोर थियो । आम्दानीको स्रोत थिएन । उहाँ रोजगारीका लागि कुबेत पुग्नुभयो । सोचेअनुसारको कमाइ नभएपछि उहाँ घर फर्कनुभयो ।

बुढामगरले ललितपुरको इँटाभट्टामा मजदुरी गरेर स्नातकसम्म अध्ययन गर्नुभयो । जिल्ला शिक्षा कार्यालयमार्फत सञ्चालित अनौपचारिक शिक्षा कार्यक्रमका लागि निरीक्षकका रुपमा नियुक्त भएपछि उहाँ रोल्पा फर्कनुभयो । “मासिक रु ७०० पारिश्रमिकमा काम गर्नथाले, फिल्डमै हिँड्दाहिँड्दै सबै रकम सकिन थाल्यो,” उहाँले भन्नुभयो ।

श्रीमतीको पत्थरीको शल्यक्रिया गर्नुपरेपछि बुढामगरलाई गरिबीले नराम्रोसँग पिरोल्यो । उपचारमा लागेको ऋण तिर्ने मनसायले उहाँले लिबाङमा २०५७ सालदेखि मासु पसल सञ्चालन गर्नुभयो । उहाँले मासुसँगै छालाको डोको बनाएर बिक्री गर्न थाल्नुभयो । “पछिल्ला दिनमा छालाको डोकोको माग बढ्दै गएको छ,” उहाँले भन्नुभयो ।

उहाँ व्यवसायबाट सन्तुष्ट हुनुहुन्छ । “छोराछोरीले यही व्यवसायको आम्दानीले उच्च शिक्षा हासिल गरेका छन्,” बुढामगरले भन्नुभयो । उहाँले हाल लिबाङमा चार रोपनी जग्गा समेत किन्नु भएको छ । उहाँले आफ्नै लगानीममा बधशाला निर्माण गर्नुभएको छ । उहाँका एक छोरा र एक छोरी हाल सरकारी जागिरमा प्रवेश गर्नुभएको छ ।

जिल्ला पशुसेवा कार्यालयले उहाँको कामको मूल्याङ्कन गर्दै रु दुई लाख ४० हजार अनुदान दिएको छ । बुढामगर जिल्लामा सफल व्यवसायीका रुपमा स्थापित हुनुभएको छ ।

जिल्ला पशु सेवा कार्यालयका पशु चिकित्सक डा निमबहादुर सिंहका अनुसार राँगा तथा भैँसी काट्न लिबाङमा दुईवटा, सुलिचौर र घर्तीगाउँमा एक÷एकवटा बधस्थल तथा मासु पसल सञ्चालनमा रहेका छन् । उनीहरुले छालाको डोको समेत बनाउँदै आएका र कार्यालयले सो सम्बन्धी तालिम समेत प्रदान गर्दैआएको सिंह बताउनुहुन्छ ।

वि.सं.२०७३ फागुन ३ मंगलवार ११:०९ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...