२० असार, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालको रिस साम्य नहुँदासम्म दोस्रो तहका नेताको प्रयास सफल नहुने बताएका छन् ।
राष्ट्रियसभाको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष गौतमले ओली र नेपाल एकाआपसमा रिसाएकाले दुवैको रिस शान्त नभएसम्म कुनैपनि नेताद्धारा गरिएको एकताको प्रयास सफलहुन नसक्ने बताए ।
नेताहरु उनीहरुको रिस शान्त पार्नमै लागिरहेको बताउँदै उपाध्यक्ष गौतमले भने,–‘माधव कमरेड धेरै रिसाउनुभएको छ केपी ओलीजीसँग, केपी ओली पनि माधवसित बेस्सरी रिसाउनु भएको छ । यी दुईको रिस नमर्दासम्म उहाँहरुको मातहतमा रहेका साथीहरुको पनि चिन्ताले काम लाग्नेवाला छैन । म यी दुईटैको रिसलाई कसरी शिथिल बनाउन सकिन्छ हो, त्यतातिर लागिरहेको छु ।’
नेता गौतमले पार्टी एकता गराउनकै लागि आफु केपी ओलीतिर लागेको भन्दै सर्वोच्च अदालतको फैसलापछि पार्टी एकता भएरै छाड्ने समेत ठोकुवा गरेका छन् ।
वि.सं.२०७८ असार २० आइतवार १५:५० मा प्रकाशित






























