२० असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट नहटाई नछाड्ने अडान वरिष्ठ नेता माधवकुमार नेपालले लिएपछि मध्यस्थकर्ता वार्ताकारहरु निराश भएका छन् । एमाले उच्च स्रोतले बताएअनुसार एमाले एकताको प्रर्यत्न गरिरहेका दुवै पक्षका वार्ताकारहरु अन्यौंलपूर्णं रुपमा आइतबार नेपाल निवास बालुवाटारबाट बाहिरिएका थिए ।
‘माधवले कुनै हालतमा आफुसहित २३ सांसदको शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षरबाट पछि नहट्ने जवाफ मात्र दिएनन्, उनले प्रधानमन्त्री ओलीले सार्वजनिक आत्मालोचनासहित संसद विघटन फिर्ताको प्रस्ताव राखे’, छलफलमा सहभागी एक नेताले भने ।
ओलीनिकट विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल तथा नेपाल पक्षका सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराई, घनश्याम भुसाल र भीम आचार्यलगायतका नेताहरु सहमतिको बिन्दु खोज्न भन्दै आइतबार बिहान नेपाल निवास कोटेश्वरमा जम्मा भएका थिए ।
‘माधवले कुनै हालतमा आफुसहित २३ सांसदको शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षरबाट पछि नहट्ने जवाफ मात्र दिएनन्, उनले प्रधानमन्त्री ओलीले सार्वजनिक आत्मालोचनासहित संसद विघटन फिर्ताको प्रस्ताव राखे’, छलफलमा सहभागी एक नेताले भने ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकबाटै आगामी सोमबार साँझ ५ बजेसम्म २३ सांसदको हस्ताक्षर फिर्ताको अल्टिमेटम दिएका छन् । ओलीले शनिबारको बैठकमै अर्को पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने एमाले हुनै नसक्ने भनेर कडा बोलिसकेको बेला पनि नेताहरुले एकताको प्रस्ताव गरीरहेकै छन् ।
विश्लेषकहरुले ओलीले लिने कठोर निर्णयका कारण एमाले फुट्ने अवस्थामा पुगेको बताएका छन भने मध्यस्थकर्ताहरुले एकताको अन्तिम पहल गरेको बताएका छन् ।
वि.सं.२०७८ असार २० आइतवार १६:१२ मा प्रकाशित