back
CTIZAN AD

दुई वरिष्ठ सहसचिव सचिवमा बढुवा, तीन सचिवको सरुवा

वि.सं.२०७८ असार २१ सोमवार

879 

shares

२१ असार, काठमाडौँ । सरकारले प्रशासन र प्राविधिक तर्फका दुई वरिष्ठ सहसचिवलाई सचिवमा बढुवा गरेको छ भने तीन जना सचिवको सरुवा गरेको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् नियमित बैठकले वरिष्ठ सहसचिवद्वय मधुसूदन बुर्लाकोटीसुशीलचन्द्र तिवारीलाई सचिवमा बढुवा गरेको हो ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा आइतबार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले सिफारिस गरे अनु्सार रोलक्रममा रहेका बुर्लाकोटी र तिवारीलाई सचिवमा बढुवा गरेको हो ।

बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ सहसचिव मधुसूदन बुर्लाकोटी, कृष्णहरि पुष्कर र खगेन्द्रप्रसाद नेपालको सिफारिस गरेको भने प्राविधिकतर्फ सुशील चन्द तिवारी, गोपालप्रसाद सिग्देल र राजेन्द्रप्रसाद खनालको नाम सिफारिस गरेको थियो ।

बुर्लाकोटीलाई सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव र सुशील चन्द्र तिवारीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पदस्थापन गरिएको छ । बुर्लाकोटी प्रशासन सेवाका हुन् भने तिवारी प्राविधिक तर्फका हुन् ।

त्यस्तै मन्त्रीपरिषद्को बैठकले तीन सचिवको सरुवा गरेको छ । यसरी सरुवा हुने सचिवमा तोया ज्ञवाली, रामकृष्ण सुवेदीसुरेश आचार्य रहेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव तोया ज्ञवालीलाई राष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । सुदूर पश्चिम प्रदेश प्रमुख सचिव रामकृष्ण सुवेदीलाई उपराष्ट्रपतिको कार्यालयमा सुरेश आचार्यलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको हो ।

आजैको मन्त्रिपरिषद् बैठकले प्रशासन र प्राविधिक तर्फ दुई जना सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

वि.सं.२०७८ असार २१ सोमवार २२:१२ मा प्रकाशित

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...