back
CTIZAN AD

झलनाथको उपचार खर्च : चर्चा एमालेको तर, थाप्लो सरकारको !

वि.सं.२०७८ असार २४ बिहीवार

711 

shares

असार २४, काठमाडौं । भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचाररत नेकपा (एमाले)का नेता झलनाथ खनालको सम्पूर्णं उपचारका खर्च सरकारले व्यहोर्ने भएको छ । बिहीबार मुख्यसचिव शंकरदास बैरागीको हस्ताक्षरमा खनालको उपचार खर्च व्यहोर्ने निर्णय सार्वजनिक भएको हो ।

सार्वजनिक निर्णयमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालको उपचार खर्च अर्थमन्त्रालयले परराष्ट्र मन्त्रालयको नाममा निकासा दिने र परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूवावासमार्फत भुक्तानी गर्ने व्यवस्था गरिएको उल्लेख छ ।

निर्णयको ब्यहोरामा भनिएको छ,‘खनालको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारका क्रममा लागेको सम्पूर्ण खर्च नेपाल सरकारले बेहोर्ने। उक्त खर्च अर्थ मन्त्रालयको नाममा निकाशा दिने र परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमा भुक्तानी गर्ने व्यवस्था गर्ने।’

मिर्गौलामा समस्या भएपछि खनाल उपचारका लागि असार पहिलो साता दिल्ली पुगेका थिए ।

May be an image of text

तर, उपचार खर्च एमालेले व्यहोर्ने निर्णय गरिएको थियो

ओलीले आफुृँ पक्षीय केन्द्रीय कमिटीको बैठक राख्दै नेता खनालको सम्पूर्णं उपचार खर्च एमालेले व्यहोर्ने निर्णय गराएका थिए । असार १६ मा बसेको एमाले केन्द्रीय समिति बैठकबाट उक्त निर्णय गरिएको कुरा स्वंय एमालेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी गराएका थिए ।

तर, चर्चामा एमालेको गराएपनि ओलीले अन्ततः उपचार खर्च सरकारको थाप्लोमा नै हालेका छन् ।

जनस्वास्थ्य ऐन विपरित निर्णय

सरकारले नेता खनालको नाममा गरेको निर्णय जनस्वास्थ्य सेवा ऐन, २०७५ विपरित छ । जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ३० मा वैदेशिक उपचार वापत खर्च उपलब्ध नहुने कुरा उल्लेख छ ।

दफा ३० मा प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु पर्ने भएमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराईने छैन् भन्ने उल्लेख छ ।

वि.सं.२०७८ असार २४ बिहीवार १३:२७ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...