back
CTIZAN AD

भण्डारी मृत्यु प्रकरणः सयभन्दा बढीसँग सोधपुछ

वि.सं.२०७८ असार २४ बिहीवार

663 

shares

२४ असार, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले एक सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गरेको छ ।

असार ११ गतेदेखि हराइरहेकी उनको नजिकैको सामुदायिक वनमा असार २० गते शव भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी शङ्कास्पदसँग सोधपुछको काम भइरहेको जनाएको छ ।

सो अवसरमा प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीले भने, “हामीले एक सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गर्यौँ। केही कुरा खुलेको छ । थप अनुसन्धान जारी छ ।” अभियान्ताको नाममा बाहिरबाट आएर समाजमा गरिएका क्रियाकलापले अनुसन्धानमा कठिनाई थपेको उनले बताए ।

उनले भने, “काठमाडौँमा ब्यानर प्रिन्ट गरेर, झोलामा हालेर प्लेन चढेर आउने र आएको रात कुनै गाउँमा गएर बास बस्ने र समूह खडा गरी अवरोध सिर्जना गर्ने काम भएको छ ।” बाह्य व्यक्तिका कारण अनुसन्धानमा असहज भएको उनका भनाइ छ ।

उनले भने, “अनुसन्धानमा खटिनुपर्ने प्रहरी कफ्र्यू व्यवस्थापनमा खटिनु परेको छ ।” घटनाका विषयमा अनुसन्धानको काम भइरहेको उनका भनाइ छ । भण्डारीको मृत्यु प्रकरणमा शव परीक्षण सकिएको र भिसेरा परीक्षणका लागि खुमलटार पठाइएको उनले जानकारी दिए । भिसेरा परीक्षणको नतिजा आएपछि केही भन्न सकिने प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीको भनाइ छ ।

“शव भेटिए देखि नै अनुसन्धानको कामलाई अप्ठ्यारोमा पार्ने काम भएको छ”, उनले भने, “शव परीक्षणका लागि ल्याउने समय देखिनै असहज बन्दै गएको वातावरणले काम गर्न कठिन भयो ।” आफन्त अनुसन्धानका लागि तयार छन् तर बाह्य व्यक्तिले अवरोध खडा गरेका छन् उनका भनाइ छ ।

प्रहरी उपरीक्षक अधिकारीले स्थानीवासीलाई अनावश्यक हल्लाकोपछि नदौडिनसमेत आग्रह गरे । उनले भने, “प्रहरीको अनुसन्धानलाई असर गर्ने खालका हल्लाको पछि नदौडनुस् । यसले घटनालाई अन्तै मोड्ने काम गर्छ ।” अनुसन्धान र सूचना सम्प्रेषणमा गम्भीर बन्नुपर्ने समय आएको भन्दै उनले भरपर्दो सञ्चार माध्यमको मात्र विश्वास गर्न आग्रह गरे ।

भण्डारीको शव भेटिएको घटनामा हत्या वा आत्महत्या के हो भन्ने विषयमा प्रहरी नै अन्योलमा रहेको उनले जानकारी दिए। शब भेटिएको स्थानमा माउन्टेन डिउको बोत्तलमा सेतो पदार्थ भेटिनु, अपहरणमा परेको व्यक्तिको फोनबाट विभिन्न समयमा दोहोरो कुरा हुनु र डाटा लिएर इन्टरनेटको प्रयोग भएको प्रारम्भिक अनुसन्धानमा भेटिएको उनले जानकारी दिए ।

अनुसन्धानका लागि काठमाडौँबाट केन्द्रीय अनुसन्धान ब्यूरोको टोली कुकुरसहित खटिएको उनका भनाइ छ । अहिलेसम्म प्रहरीले स्थानीयवासी र निजका आफन्तसँग सोधपुछको काम गरिरहेको छ । सो क्षेत्रमा दैनिक प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले मङ्गलबारबाट कफ्र्यू जारी गरेको छ ।

वि.सं.२०७८ असार २४ बिहीवार १३:१२ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...