back
CTIZAN AD

भीम रावल फर्केपछि सुरु भयो एमाले कार्यदलको बैठक

वि.सं.२०७८ असार २४ बिहीवार

744 

shares

असार २४, काठमाडौं । नेकपा (एमाले)को विवाद समाधान गर्न गठित कार्यदलको बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा केहीबेर अघि सुरु भएको हो ।

बैठक अघि कार्यदलका सदस्य र शीर्ष नेताहरुबीच छलफल भएको थियो । बैठकअघि कार्यदलका संयोजक र अध्यक्ष केपी शर्मा ओली पक्षीय नेता एवं अर्थमन्त्री विष्णु पौडेलबीच अर्थमन्त्रालयमै छलफल चलेको थियो ।

अर्थमन्त्रालयको छलफलपश्चात नेता रावलले माधव नेपालसँग भेटवार्ता गरेका थिए । नेता नेपालसँग भेट गरेर रावल फर्किएपछि कार्यदलको बैठक सुरु भएको हो ।

लामो समयदेखि निष्क्रिय कार्यदल सोमबारको बैठकसँगै सक्रिय बनेको छ । सोमवारदेखि शुरू भएको कार्यदलको बैठक सहमति उन्मुख भएको सदस्यहरूले बताउँदै आएका छन्।

बुधबार कार्यदल निष्कर्ष नजिक पुगेसँगै साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो। दुई नेताबीच मेरियट होटलमा झण्डै दुई घण्टा वान अन वान वार्ता भएको थियो। शीर्ष नेताहरुबीचको वार्तापछि कार्यदलका सदस्यहरु आशावादी देखिएका छन्।

वि.सं.२०७८ असार २४ बिहीवार १२:५७ मा प्रकाशित

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...