back
CTIZAN AD

भारतमा कोरोना संक्रमित घट्दै गएपनि मृतकको संख्या घटेन, ८ राज्यमा अझै निशेधाज्ञा

वि.सं.२०७८ असार २४ बिहीवार

729 

shares

२४ असार, काठमाडौं । भारतमा कोरोना संक्रमित निरन्तर घट्दै गएपनि अझै पनि केही राज्यमा निशेधाज्ञा जारी नै रहेको छ ।

भारतमा बुधबार ४५ हजार ७२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा केहीसातायता निरन्तर घट्दै आएको कोरोना संक्रमण पुनः बढ्दै गएको पाइएको छ । समाचार ऐजेन्सीका अनुसार भारतमा ५ जुलाईमा ३४ हजारमा संक्रमण देखिएकोमा ६ र ७ जुलाईमा भने १० हजार बढीले वृद्दि भएको पाइएको छ ।

त्यसैगरी बुधबार ४४ हजार ५०६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८१९ जनाले ज्यान गुमाएका छन् । भारतमा संक्रमित हुनेको संख्या निरन्तर घट्दै गएपनि मृत्यु हुनेको संख्यामा भने कमी हुन सकेको छैन ।

भारतमा हालसम्म ३ करोड ७ लाख मानिसहरु कोरोनाबाट संक्रमित भइसकेका छन् भने २ करोड ९८ लाख निको भएका छन् । कूल संक्रमित मध्ये हालसम्म ४ लाख ५ हजारले ज्यान गुमाएका छन् ।

त्यस्तै हाल भारतमा ४ लाख ५४ हजारको उपचार भइरहेको छ ।

८ राज्यमा पूर्ण र २३ राज्यमा आंशिक लकडाउन
भारतका ८ राज्यमा अझै पनि लकडाउन सरह कडा निशेधाज्ञा जारी गरिएको छ । समाचार ऐजेन्सीका अनुसार पश्चिम बंगाल, हिमांन्चल प्रदेश, झारखण्ड, उडिसा तमिलनाडु, मिजोरम, गोवा र पदचुरीमामा लकडाउन सरह प्रतिबन्ध लगाइएको छ ।

त्यस्तै केन्द्र शाषित २३ राज्यमा आशिंक लकडाउन जारी गरिएको छ । कर्णाटक, केरला, बिहार, दिल्ली, महाराष्ट्र, राजस्थान, उत्तर प्रदेश, हरियाण, मध्यप्रदेश, जम्मु कश्मिर, लद्दाख, अरुणान्चल प्रदेश, पंजाव, उत्तरता खण्ड, सिक्किम, मेघालय, नागाल्याण्ड, आसाम, त्रिपुरा, मणिपुर, आन्ध्र प्रदेश र गुजरातमा आंशिक लकडान जारी रहेको छ ।

वि.सं.२०७८ असार २४ बिहीवार १२:५४ मा प्रकाशित

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...