back
CTIZAN AD

के हो दर्शनशास्त्र ?

वि.सं.२०७८ असार २४ बिहीवार

6.9K 

shares

दर्शनशास्त्रको सम्पूर्ण इतिहास दुई परस्पर विरोधी स्कुलर आदर्शवाद र भौतिकवादबीच संघर्ष र विकासको इतिहास हो । सबै दार्शनिक धाराहरु र स्कुलहरु यी दुई आधारभूत स्कुलका अभिव्यक्तिहरु हुन् ।” माओत्सेतुङ

दर्शनशास्त्र के हो ? केलाई दर्शन भनिन्छ ? यसको जन्म र विकास कसरी भयो ? दर्शनले मनुष्यलाई के कुराको ज्ञात गराउँदछ ? दर्शनशास्त्रको मौलिक प्रश्न के हो ? आदि विषयमा जानकारी लिनु दर्शनसम्बन्धित विषय हो ।

दर्शनशास्त्र एक प्राचीन विज्ञान हो । दासस्वामी समाजको जन्मसँगै दर्शनको पनि उत्पत्ति भएको हो उत्पादनको निम्ति संघर्ष, वैज्ञानिक प्रयोग र वर्गसंघर्षका बीचबाट दर्शनको जन्म भएको हो । अर्थात् दासस्वामी समाजको विकास प्रक्रियाका बीचबाट प्राचीन युनान, भारत, नेपाल र चीनमा संगसंगै दर्शन विकसित हुदै आएको पाइन्छ ।

वास्तवमा विश्व अर्थात् प्रकृति र मानव समाजको जन्म कसरी भयो ? प्रकृति र मानव समाजको विकास कसरी भयो ? साथै प्रकृति र समाजमा कुनै व्यवस्था र नियमसंगति छ ? मानव जीवनका उद्येश्य, आदर्श, कर्तव्य र मूल्य के हुन ? के मान्छेले प्रकृति र समाजवारे सत्यपूर्ण ज्ञान प्राप्त गर्न सक्छ ? के मानिस आफ्नो ज्ञान र व्यावहारिक क्रियाकलापका आधारमा प्रकृति र समाजलाई बदल्न समर्थ छ । यी र यस्तै अनेकौं प्रश्नहरुको सही जवाफ खोज्ने मान्छेको जिज्ञासावृतिको उपज र अभिव्यक्ति नै दर्शन हो ।

वास्तवमा विश्व अर्थात् प्रकृति र मानव समाजको जन्म कसरी भयो ? प्रकृति र मानव समाजको विकास कसरी भयो ? साथै प्रकृति र समाजमा कुनै व्यवस्था र नियमसंगति छ ? मानव जीवनका उद्येश्य, आदर्श, कर्तव्य र मूल्य के हुन ? के मान्छेले प्रकृति र समाजवारे सत्यपूर्ण ज्ञान प्राप्त गर्न सक्छ ? यी र यस्तै अनेकौं प्रश्नहरुको सही जवाफ खोज्ने मान्छेको जिज्ञासावृतिको उपज र अभिव्यक्ति नै दर्शन हो ।

शाब्दिक अर्थमा दर्शन भनेको हेर्ने, बुझ्ने र व्याख्या गर्ने साधनको नाम हो । यो संस्कृत भाषाको “दृश” धातुबाट बनेको हो । अंग्रेजीमा दर्शनलाई फिलोसोपी भनिन्छ । फिलसफी भन्ने शब्द प्राचीन ग्रीक भाषाको फिली र सोफिया भन्ने दुई शब्द मिलेर बनेको छ । दर्शनशास्त्र मानव चेतनाको रुपहरु मध्ये एक हो । त्यसैले वैज्ञानिक साम्यवादका सिध्दान्तकार कार्ल मार्क्सले “हरेक साँचो दर्शन आफ्नो समयको बौद्धिक र संस्कृतिको जीवन्त आत्मा हो” हो भन्नुभएको छ ।

पहिलो, दर्शन भनेको जीवन र जगतलाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने विश्वदृष्टिकोण हो ।

दोस्रो, दर्शन भनेको संस्कृति र मानव समाजका एवं चिन्तनका चालक वा सामान्य नियमहरु को विज्ञान हो । यसले प्रकृति र मानव समाज एवं चिन्तनका ती चालक वा सामान्य नियमहरुको अध्ययन गराएर विश्वदृष्टिकोणको निर्माण गराउँदछ ।

तेस्रो, दर्शन भनेको सिंगो जीवन र जगत तथा प्रकृति र मानव समाज एवं चिन्तनका सामान्य नियमहरुको अध्ययन गर्ने एक पद्धति हो । यसले जीवन र जगतको अध्ययन कसरी र केका आधारमा गर्ने भन्ने कुरा सिकाउँछ ।

मुख्यतः एउटा शास्त्रका रुपमा दर्शन शब्दको पहिलो प्रयोगकर्ता युनानी दार्शनिक पाइथागोरस हुन् । उनले दर्शनलाई बुझाउने फिलोसफी शब्दको प्रयोग गरेका थिए । फिलोस (प्रेम) र सोफिया (विवेक) जस्ता शब्दको मिलनबाट फिलोसफी बन्यो, जसको अर्थ विवेक प्रेम वा विद्यानुराग हुन्छ । कार्ल मार्क्सका अनन्यमित्र तथा सहयोगी फ्रेडरिक एंगेल्सले यश प्रकारको दर्शनलाई विश्वदृष्टिकोण भन्नू भएको छ ।

दर्शन सामाजिक चेतनाको एउटा विशिष्ट रुप भएकोले वर्ग समाजमा सामाजिक चेतनाको रुप वर्गीय हुन्छ । ठिक यसै कारण दर्शनको स्वरुप पनि वर्गीय हुन्छ । वर्गसमाजमा हरेक वर्गले आ– आफ्ना विचार, उद्देश्य, मत, संकल्प, भावना एवं क्रियाकलापको आौतित्य पुष्टि गर्न जरुरी हुन्छ र दर्शनले ठिक यसै आौचित्य पुष्टिको काम गर्दछ ।

तसर्थ हरेक दार्शनिक प्रणाली भित्र मूलतः तीन तत्व पर्दछन् – वर्गीय पक्षधरता, सिध्दान्त र पध्दति । वास्तवमा यिनै तीन तत्वको समग्रताको नाम दर्शन अर्थात् विश्वदृष्टिकोण हो ।

यसरी दर्शन के हो ? यसलाई कसरी बुझ्ने र परिभाषित गर्ने ? दर्शनको विषयवस्तु, अर्थ र महत्व के हो ? दर्शनमा के कस्ता प्रवृत्तिहरु छन् र तिनका बीचमाकसरी संघर्ष चल्दै आएको छ ? यी प्रश्नहरुवारे आवश्यक जानकारी प्राप्त गर्नका लागि सर्वप्रथम दर्शनशास्त्रको मौलिक प्रश्नवारे अध्ययन गर्न जरुरी छ । यस आलेखमा विशेषगरी दर्शनशास्त्रको मौलिक प्रश्नका सन्दर्भमा आधारित भएर लेख्ने प्रयत्न गरिएको छ ।

यहाँ चर्चा गर्न खोजिएको दर्शनशास्त्रको मौलिक प्रश्नको हो । दर्शनशास्त्रको मौलिक प्रश्न सम्बन्धि विषय ज्यादै महत्त्वपूर्ण विषय हो । दर्शनशास्त्रको फाँटमा दुईवटा यस्ता प्रश्नहरु खडा छन्, जसको जवाफले मानिसलाई दर्शनका दुई कित्ता मध्ये एउटा कित्तामा उभ्याइदिन्छ ।

ती मध्ये पहिलो प्रश्न हो – सत्ता र चिन्तन अर्थात् पदार्थ र चेतना मध्ये कुन प्राथमिक (पहिलो) हो ? र जसले सत्ता अर्थात् पदार्थलाई प्रधान (पहिलो) हो भन्दछ त्यो भौतिकवादी हो र जसले चिन्तन अर्थात् चेतनालाई प्रधान (दोस्रो) हो भन्ने मान्दछ त्यो आदर्शवादी हो ।

जब आदिम साम्यवादको अन्त्य भएर दास मालिक युगको उदय भयो तबदेखि जीवन जगतलाई बुझ्ने दुई दर्शनशास्त्र पनि उदय भए । ती दुई दर्शनशास्त्रमा भौतिकवाद र आदर्शवाद मुख्य हुन् । यी दुई दर्शन मध्ये दार्शनिकहरुलाई पनि दुई भिन्न कित्तामा उभ्याई दिन्छ । जस्तैः पदार्थ र चेतनामा पदार्थ पहिलो हो र चेतना पदार्थ कै विकसित रुप हो भन्ने स्वीकार गर्ने दार्शनिकहरु भौतिकवादी कित्तामा उभिन्छन् भने चेचना पहिलो हो पदार्थ चेतनाको उपज हो भन्ने स्वीकार गर्ने दार्शनिकहरु आदर्शवादी कित्तामा उभिन पुग्दछन् ।

त्यस्तै दुईवटा यस्ता प्रश्नहरु छन् जसको जवाफले मानिसलाई दर्शनका दुई कित्ता मध्ये एउटा कित्तामा उभ्याइदिन्छ । त्यस मध्ये पहिलो प्रश्न हो सत्ता र चिन्तन अर्थात् पदार्थ र चेतना मध्ये कुन प्रमुख हो ?  यसको सही उत्तर हो जसले सत्ता अर्थात् पदार्थलाई प्रधान हो भन्दछन् ती भौतिकवादी कित्तामा खडा हुन्छ । र, जसले चिन्तन अर्थात् चेतनालाई प्रधान हो भन्ने मान्दछ त्यो आदर्शवादी कित्तामा खडा हुन्छ ।

तसर्थ पदार्थलाई आदितत्व र चेतनालाई पदार्थबाटै उत्पन्न भएको कुरा मान्ने दार्शनिकहरु भौतिकवादसित सम्बन्धित छन् । उनीहरूले दृष्टिकोणमा पदार्थ शाश्वत छ अर्थात् कसैले पनि कहिल्यै पदार्थको सृष्टि गरेको होइन र वस्तुगत जगतमा कुनै किसिमको अलौकिक वाा पारलौकिक शक्तिको अस्तित्व छैन । चेतना चाहिँ पदार्थको ऐतिहासिक विकासको उपज हो भन्ने अवधारणा भौतिकवादी दार्शनिकहरुको रहेको छ भने “आत्मा” चेतनालाई आदितत्व मान्ने दार्शनिकहरु अध्यात्मवादसित सम्बन्धित छन् । उनीहरूले दृष्टिकोणमा पदार्थ भन्दा पहिले नै चेतनाको अस्तित्व थियो र त्यसैले पदार्थलाई जन्माएका हो अर्थात् चेतना नै सम्पूर्ण अस्तित्वको पूर्वाधार हो । र , भौतिकवादी दार्शनिकहरुले जगत बोधगम्य छ भन्ने पुष्टि गरेका छन् भने अध्यात्मवादी दार्शनिकहरु जगतको बोधगम्यतालाई अस्वीकार गर्दछन् ।

पदार्थलाई आदितत्व र चेतनालाई पदार्थबाटै उत्पन्न भएको कुरा मान्ने दार्शनिकहरु भौतिकवादसित सम्बन्धित छन् । उनीहरूले दृष्टिकोणमा पदार्थ शाश्वत छ अर्थात् कसैले पनि कहिल्यै पदार्थको सृष्टि गरेको होइन र वस्तुगत जगतमा कुनै किसिमको अलौकिक वाा पारलौकिक शक्तिको अस्तित्व छैन । चेतना चाहिँ पदार्थको ऐतिहासिक विकासको उपज हो भन्ने अवधारणा भौतिकवादी दार्शनिकहरुको रहेको छ भने “आत्मा” चेतनालाई आदितत्व मान्ने दार्शनिकहरु अध्यात्मवादसित सम्बन्धित छन् ।

दर्शनशास्त्रको मौलिक प्रश्नका वारेमा फ्रेडरि एंगेल्स भन्नू हुन्छ, – समग्र दर्शनको र विशेषत नयाँ दर्शनको महान् मौलिक प्रश्न चिन्तन र सत्ताको सम्बन्धको प्रश्न हो । –मार्क्स –एंगेल्स, संकलित रचनाएं, खण्ड ३, भाग २, पृष्ठ २२३ प्रगति प्रकाशन मास्को १९७८ ।

मूलतः चिन्तन र सत्ताको सम्बन्धको प्रश्न दर्शनशास्त्रको मौलिक प्रश्न हो । यसरी यहाँ चिन्तन र सत्ता जस्ता दुईवटा महत्त्वपूर्ण शब्दहरुको जसरी उल्लेख गरिएको छ हामीले यी शब्दको वास्तविक अर्थ बुझ्न जरुरी हुन्छ । तसर्थ यहाँ प्रयोग गरिएको चिन्तन शब्दावली अर्थात् संवेदना, अनुभव, इच्छा, संकल्प, विचार, अवधारणा, सिद्धान्त, दृष्टिकोण जस्ता चेतनाका विविध रुपहरु पर्दछन् । सत्ता भनेको अस्तित्व हो, विश्व हो । यसअन्तर्गत प्रकृति र समाज पर्दछन् । यसअर्थमा सत्ता र चिन्तनको प्रश्न विश्वदृष्टिकोणको प्रश्न बन्न पुग्दछ र यही नै दर्शनशास्त्रको मौलिक प्रश्न हो ।

यहाँ दर्शनशास्त्रको मौलिक प्रश्नका दुई महत्वपूर्ण पहलुहरु छन् । जस्तो पहिलो पहलु अन्तर्गत चिन्तन र सत्ता बीच प्राथमिकताक्रम निर्धारण गर्ने कुरा आउँछ । दोस्रो पहलु अन्तर्गत चिन्तन र सत्ताबिचको आपसी अन्तरक्रिया उद्घाटित गर्ने कुरा पर्दछ ।

आत्मा र प्रकृतिमा प्राथमिक कुन हो ? के ईश्वरले विश्वको सृष्टि गरेको हो ? या विश्व अनन्तकालदेखि नै अस्तित्वमा छ ? यी प्रश्नहरुको उत्तर दिने क्रममा दार्शनिकहरुलाई दुई ठूला शिविरमा खडा गरि दियो । जसले प्रकृतिको सट्टामा आत्मालाई प्राथमिकता दिए र कुनै न कुनै विश्वको सृष्टि स्वीकारे, उनीहरूको अलग्गै आदर्शवादी शिविर खडा भयो ।

अर्कोथरी जसले प्रकृति प्राथमिकता दिए ती दार्शनिकहरु भौतिकवादका विभिन्न शाखाहरुमा खडा (सामेल) भए । यसरी दर्शनशास्त्रको मौलिक प्रश्नको जवाफ दिने सन्दर्भमा दार्शनिकहरु कसरी आदर्शवाद र भौतिकवाद जस्ता दुई ठूला शिविरमा विभाजित भए भन्ने कुरा प्रष्ट रुपमा जान्न सकिन्छ । साथै यस अतिरिक्त आदर्शवाद र भौतिकवादको बीचमा समन्वय कायम गर्ने, दुबैलाई समानन्तर रुपमा लिने वा तटस्थ रहने तेस्रो धारा पनि पाइन्छ ।

तसर्थ दर्शनशास्त्रको मौलिक प्रश्नको पहिलो प्रश्नको उल्लेख गर्ने सन्दर्भमा मूलतः तीन प्रवृत्ति पाइन्छन, जस्तै आदर्शवाद, भौतिकवाद र बीचका धारा । यसरी बीचका धाराअन्तर्गत द्वैतवाद, तटस्थतावाद वा समन्वयवाद रहेका छन् ।

विश्व ब्रह्माण्ड ज्ञेय छ अर्थात् विश्वलाई जान्न सकिन्छ, बुझ्न सकिन्छ भन्नेहरु भौतिकवादी हुन् । यसमा संसार ज्ञेय छ भन्ने प्राचीन ग्रीक दार्शनिक अरस्तु भौतिकवादी हुन् । यसको विपरीत जसले यो संसारलाई जान्न सकिदैन, बुझ्न सकिदैन भन्दछन् ती आदर्शवादी हुन् । स्कटल्याण्डका दार्शनिक ह्युम र जर्मन दार्शनिक काण्ट आदर्शवादी हुन् । तिनीहरूलाई अज्ञेयवादी पनि भनिन्छ । यसरी दर्शनशास्त्रको मौलिक प्रश्नका वारेमा प्रष्ट रुपमा बोध गर्न सकिन्छ ।

दर्शनशास्त्रको मौलिक प्रश्नको दोस्रो प्रश्नको विवेचना गर्दा यसको उत्तर दिने र चिन्तन र सत्ताको तादाम्यता यश प्रश्नमा जसले सकारात्मक उत्तर दिने गर्दछन् ती भौतिकवाद र ज्ञेयवादको श्रेणीमा पर्दछन् र नकारात्मक उत्तर दिनेहरू अज्ञेयवादको श्रेणीमा पर्दछन् ।
तसर्थ चिन्तन र सत्ताको तादाम्यसंग सम्बन्धित प्रश्न विश्व, त्यसको सारतत्व र त्यसका नियमहरुलाई बुझ्ने र तदनुसार विश्वलाई बदल्ने विषयसंग सम्बन्धित प्रश्न हो । यो प्रश्नको जवाफ दिनेमा भौतिकवाद, आदर्शवाद र विभिन्न बीचका धाराहरुका आ–आफ्नै मान्यता रहेका छन्, जस्तैः अद्वैतवाद, द्वैतवाद, बहुलवाद । तसर्थ दार्शनिक प्रवृत्तिहरुलाई छुट्याउने मूल आधार प्राथमिक तत्वको संख्या न भई दर्शनशास्त्रको मौलिक प्रश्नको विवेचना नै हो ।

दार्शनिकहरुको विवेचना गर्नु पर्दा प्राचीनकालका भारतीय दार्शनिक चार्वाक, प्रमाणु प्रमुख हो भन्ने ग्रीक दार्शनिक डेमोक्रिट्स, प्रकृति प्रमुख हो भन्ने चिनीया दार्शनिक लाओत्से सबै भौतिकवादी दार्शनिक हुन् । पदार्थलाई प्रधान मान्ने थेल्स, एपि क्युरस, फायरवाख, मार्क्स, एंगेल्स आदि दार्शनिकहरु सबै भौतिकवादी हुन् ।

परम विचारलाई प्रधान मान्ने ग्रीक दार्शनिक प्लेटो, निरपेक्ष विचारलाई प्रधान मान्ने जर्मन दार्शनिक हेगेल, इच्छाशक्तिलाई प्रधान मान्ने जर्मन दार्शनिक नित्से आदर्शवादी दार्शनिक हुन् । “ब्रहम सत्य जगत मिथ्या” भन्ने अद्वैत वेदान्त आदर्शवादी दर्शन पनि रहेको छ ।दर्शनशास्त्रको मौलिक प्रश्नमा तटस्थता प्रकट गर्नेमा मूलतः नेपालका दार्शनिक गौतम बुध्द रहेका छन् ।

अन्त्यमा, विश्व ब्रह्माण्ड ज्ञेय छ अर्थात् विश्वलाई जान्न सकिन्छ, बुझ्न सकिन्छ भन्नेहरु भौतिकवादी हुन् । यसमा संसार ज्ञेय छ भन्ने प्राचीन ग्रीक दार्शनिक अरस्तु भौतिकवादी हुन् । यसको विपरीत जसले यो संसारलाई जान्न सकिदैन, बुझ्न सकिदैन भन्दछन् ती आदर्शवादी हुन् । स्कटल्याण्डका दार्शनिक ह्युम र जर्मन दार्शनिक काण्ट आदर्शवादी हुन् । तिनीहरूलाई अज्ञेयवादी पनि भनिन्छ । यसरी दर्शनशास्त्रको मौलिक प्रश्नका वारेमा प्रष्ट रुपमा बोध गर्न सकिन्छ ।

यसर्थ आदर्शवादी दर्शन शोषक, फटाह, सामन्त र पुँजीपतिहरुको पक्षधर रहेको छ भने भौतिकवादी दर्शन श्रमजीवी, सर्वहारा वर्गको पक्षधर रहेको छ । मार्क्सवादी दर्शन भौतिकवादी दर्शन हो । र, मार्क्सवादी दर्शन श्रमजीवी, सर्वहारा वर्गको मुक्तिको सिध्दान्त हो ।

(लेखक नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय पार्टी स्कुल विभागका सचिव हुन् ।)

वि.सं.२०७८ असार २४ बिहीवार १२:२९ मा प्रकाशित

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत दृष्टिकोण एउटा समस्या समाधान गर्ने विधि हो जसले व्यक्तिगत...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...