Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

माधव पक्षीय कार्यदलमै विवाद : गोकर्ण र सुरेन्द्र एकातिर, घनश्याम अर्कोतिर



असार २४, काठमाडौं । एमाले विवाद समाधान उन्मुख भएको चर्चा चलिरहँदा माधवकुमार नेपाल पक्षभित्र भने विभाजन देखिएको छ । वार्ताकै विषयमा फरक–फरक मत सिर्जना भएसँगै माधव पक्षभित्र विभाजन देखिएको हो । माधव पक्षको एउटा समूह निःशर्त एकता गर्नुपर्ने लाइनमा उभिएको छ भने अर्को समूह शर्तसहित मात्रै एकता गर्नुपर्ने लाईनमा देखिएको छ ।

बिहीबार मध्यान्ह बसेको कार्यदलको बैठक पनि माधव पक्षभित्र विवाद सिर्जना भएसँगै स्थगित भएको माधव पक्षीय एक नेताले जानकारी दिएका छन् । उनका अनुसार ५ सदस्यमध्ये केहिको मत जसरी पनि एकता गर्नुपर्ने लाईनमा देखिएको छ । ओली पक्ष एकताभन्दा आफ्नो समूहलाई फुटाउने गरि तयारीमा आएको उनको भनाई छ ।

‘हामीबीच छलफल भएको थियो, केहि कुरामा सहमती पनि भएको थियो, तर कार्यदलको बैठकमा प्रस्तुत हुने सन्दर्भमा विवाद देखियो’, ति नेताले भनेका छन्, ‘ओली जीले एकता होइन्, हामीलाई फुटाउन खोज्नु भयो ।’

माधव पक्षीय कार्यदलभित्र विभाजन

एमाले विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलमा दुवै पक्षबाट ५/५ सदस्य सहभागी छन् । पछिल्ला वार्ताका क्रममा माधव पक्षका ५ सदस्यमध्ये अधिकांश निःशर्त एकताको पक्षमा देखिएका छन् ।

ती नेताले बताएअनुसार सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट प्रष्ट रुपमै निःशर्त एकता हुनुपर्ने लाईनमा छन् भने घनश्याम भुसाल शर्तसहित मात्रै एकता हुनुपर्ने लाईनमा देखिएका छन् ।

संयोजकसमेत रहेका भीम रावल र अर्का सदस्य रघु पन्त भने अन्यौंलमा देखिएका छन् । भीम रावल र ओलीबीचको भेटवार्तापश्चात नै कार्यदल सक्रिय बनेको थियो । ती नेताले बताएअनुसार पनि भीम रावलको शैली शंकापूर्णं छ ।

‘एक समूह सहमती भएको घोषणा गर्दै जानसक्ने’

बिहीबार मध्यान्ह स्थगित बैठकपश्चात सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै ओली पक्षीय कार्यदलका संयोजक सुवास नेम्वाङले आज साँझसम्म नै सहमतीको घोषणा गर्ने गरि तयारी भएको बताएका थिए । उनले सबै विवादका कुराहरु करिब मिलिसकेको पनि बताएका थिए ।

नेम्वाङजस्तै माधव पक्षीय कार्यदलका सदस्य गोकर्ण विष्टले पनि सबै कुरा करिब टुंगिएको बताएका थिए । उनले पनि आज नै सहमतीको घोषणा हुनसक्ने बताएका थिए ।

तर, माधव पक्षीय ती नेताका अनुसार सहमती माधव पक्षको एउटा समूहसँग मात्रै गर्नेगरि ओली पक्षले तयारी गरेको छ । उनका अनुसार एकताको घोषणा पनि सोही तयारीअनुसार हुनसक्नेछ ।

‘मेटियट वार्ता’मा नै टुंगीएको थियो कुरा

कार्यदलबीच वार्ता भइरहेका बेला बुधबार साँझ मेरियट होटलमा अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच झण्डै साढे दुई घण्टासम्म ‘वान टु वान’ वार्ता भएको थियो । साढे दुई घण्टासम्म चलेको वार्तामा नेता माधव नेपालले एकताका लागि केहि शर्त राखेका थिए । माधव पक्षीय ती नेताले बताएअनुसार नेता नेपालले पार्टी अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक छोड्नुपर्ने शर्त तेर्साएका थिए ।

बताइएअनुसार उनले संसद पुनःस्थापना भएको खण्डमा ओलीले पुनः प्रधानमन्त्रीको उम्मेदवारी दिन नपाईने पनि शर्त नेता तेर्साएका थिए । तर, ओलीले भने उनका सबै शर्तलाई तत्कालै खारेज गर्दै एकता गर्ने भए विनाशर्त आउन भनेका थिए ।

बताइएअनुसार ओलीले आफुँले अधिकतम लचकता देखाएको भन्दै अब शर्त नमान्ने स्पष्ट पारेका थिए । बताइअनुसार दुई तीनहरु एकताको सम्भावना कम रहेको निष्कर्षमा नै छुटेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सामसुङ कम्पनीलाई ठूलो धक्का लागेको छ । कम्पनीले उत्पादनमा गरेका विभिन्न ६१

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको

काठमाडौं । हाल नेपालको मध्य भाग आसपास अवस्थित न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा