back
CTIZAN AD

आज देशैभरी थपिए १८७५ कोरोना संक्रमित, २७ जनाको मृत्यु

वि.सं.२०७८ असार २४ बिहीवार

870 

shares

२४ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा १८७५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ५३७४ पिसीआर र ५१३० ऐन्टिजेन गरी १०,५०४ नमुना परीक्षणमा १८७५ जना संक्रमित थपिएका हुन् । बुधवारको तुलनामा बिहीवार संक्रमितको हुनेको संख्यामा कमी आएको छ ।

नेपालमा हालसम्म पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको ३६ लाख १९ हजार ३०४ वटा नमुना परीक्षणमा ६ लाख ९२ हजार ८४९ जना संक्रमित भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी १२८६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १२८६ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ लाख १५ हजार ६१३ जना निको भइसकेका छन् । मन्त्रालयका अनुसार निको हुनेको यो संख्या ९४.५ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका २८ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ९,३२० पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

मन्त्रालयका अनुसार नेपालमा हाल २६ हजार ४४७ जना संक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा २३ हजार ६९२ र संस्थागत आइसोलेशनमा २,७५५ जना रहेका छन् ।

त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ५७२ र भेन्टिलेटरमा १५७ जनाको उपचार भइरहेको छ ।

आज देशैभरी थपिए २,९७९ कोरोना संक्रमित, २८ जनाको मृत्यु

वि.सं.२०७८ असार २४ बिहीवार १७:१५ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...