back
CTIZAN AD

दक्षिण कोरियामा अहिलेसम्मकै धेरै कोभिड सङ्क्रमित, देश चौथो ‘वेभ’ मा प्रवेश गरेको घोषणा

वि.सं.२०७८ असार २४ बिहीवार

696 

shares

२४ असार, सउल । दक्षिण कोरियामा कोभिड १९ का अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका बताइएको छ । यहाँ गएको २४ घन्टायता कोभिड १९ का सङ्क्रमितहरु एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएका छन् ।

प्राप्त समाचारअनुसार यहाँ गएको २४ घन्टा यता मात्र कोभिडका सङ्क्रमितहरु यतिधेरै बढेका हुन् । दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा १ हजार २७५ जना संक्रमित पाइएका छन् ।

योसँगै दक्षिण कोरियामा कोभिडका संङ्क्रमितको संख्या १ लाख ६४ हजार २८ जना पुगेको बताइएको छ । यहाँ पछिल्ला केही हप्ता यतादेखि कोभिडका संक्रमितहरुको संख्या बढ्दो देखिएको छ ।

बुधबार मात्र पनि यहाँ देखिएको १ हजार २१२ जना सङ्क्रमित भेटिएको थियो । यहाँ बिहीबार देखिएको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो । त्यसैले यहाँका अधिकारीहरुले दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले यहाँ कोभिडको चौथो वेभ शुरु भएको बताएका छन् ।

दक्षिण कोरियामा केही हप्ताअघिसम्म ७०० भन्दा बढी सङ्क्रमित नरहेकोमा अहिले आएर भने प्रत्येक दिन एक हजार भन्दा बढी संक्रमित भेटिएका छन् । त्यो संख्यामा बृद्धि भएर बुधबार र बिहीबार सङ्क्रमितहरु पाइएको समाचारमा जनाइएको छ ।

यहाँका स्वास्थ्य अधिकारीहरुले यसै हप्ता अर्थात् यही जुलाई १ देखि ७ तारिखसम्ममा देशैभर देखिएको सङ्क्रमितको संख्या देशव्यापी तथ्यांकको हिसाब गर्दा अघिल्ला तीन हप्ताको तुलनामा ५३ प्रतिशत बढी देखिएको छ । यो तथ्यांक आएपछि यहाँका स्वास्थ्य अधिकारीहरुले दक्षिण कोरिया औपचारिक रुपमा नै कोरोना महामारीको चौथो चरणमा प्रवेश गरेको बताएका छन् ।

बिहीबार देखिएका यी सङ्क्रमितहरुमा ६०० भन्दा बढी राजधानी सउलकै रहेका पाइएको छ । यसकारण पनि धेरै पछि यति धेरै संख्यामा सङ्क्रमितहरु देखिँदा देश कोरोना महामारीको अर्को वेभमा प्रवेश गरेको बताइएको हो ।

यहाँ कोराना विरुद्धको खोपका अभियानलाई ब्यापक बनाइएको छ । जसका कारण यहाँ यो सङ्क्रमणबाट मृत्यु हुनेको संख्या भने कमी देखिएको स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन् ।
रासस

वि.सं.२०७८ असार २४ बिहीवार १७:२४ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...