back
CTIZAN AD

आज देशैभरी थपिए २,९७९ कोरोना संक्रमित, २८ जनाको मृत्यु

वि.सं.२०७८ असार २३ बुधवार

822 

shares

२३ असार, काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २९७९ जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ७८३५ पिसीआर र ४०६३ ऐन्टिजेन गरी ११,८९८ नमुना परीक्षणमा २९७९ जना संक्रमित थपिएका हुन् । मंगलबारको तुलनामा बुधबार संक्रमितको संख्यामा वृद्दि भएको हो ।

आज भक्तपुरमा ६७, ललितपुरमा ८६ र काठमाडौंमा ३९० गरी उपत्यकामा ५४३ जनामा संक्रमण पुष्टि भएको छ । उपत्यकामा मंगलबारको तुलनामा बुधवार संक्रमित हुनेको संख्या केही बढेको छ ।

नेपालमा हालसम्म पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको ३६ लाख ८ हजार ८०० वटा नमुना परीक्षणमा ६ लाख ९० हजार ९७४ जना संक्रमित भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी १३३३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १३३३ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ लाख १४ हजार ३२७ जना निको भइसकेका छन् । मन्त्रालयका अनुसार निको हुनेको यो संख्या ९४.५ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका २८ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ९,२९१ पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

मन्त्रालयका अनुसार नेपालमा हाल २६ हजार ५४४ जना संक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा २३ हजार ७५६ र संस्थागत आइसोलेशनमा २,७८८ जना रहेका छन् ।

त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ५७१ र भेन्टिलेटरमा १६१ जनाको उपचार भइरहेको छ ।

वि.सं.२०७८ असार २३ बुधवार १७:३९ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...