back
CTIZAN AD

एनआरएनए मकाउको अध्यक्षमा निर्मला थापामगरद्धारा उम्मेदवारी घोषणा

वि.सं.२०७८ असार २४ बिहीवार

1.4K 

shares

२४ असार, काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) मकाउको अध्यक्षमा निर्मला थापा मगरले उम्मेदवारी घोषणा गरेकी छन् ।

एनआरएनए मकाउको २०१३ देखि २०१५ सम्म महिला संयोजक भएर काम गरिसकेकी थापाले २०२१–२०२३ का लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी हुन ।

मकाउमा रहेका नेपालीलाई एकजुट बनाइ एकआपसमा सहयोग र सद्भावको भावना जगाउनु तथा एनआरएनएलाई राजनीतिक पूर्वाग्रह मुक्त र पारदर्शी बनाउनु आफ्नो मुख्य प्रतिबद्धता रहेको बताएकी छन् ।

त्यस्तै मकाउमा रहेका नेपालीको समस्या समाधान गर्नका लागि निरन्तर जोड दिँदै आएको बताउँदै थापाले दिनहरुमा पनि निरन्तर लागिरहने तथा आवस्यक परेका बेला फोन गरेमा समस्या समाधानका लागि सम्बन्धीत ठाउँमा पुग्ने प्रतिबद्धता जनाएकी छन् ।

त्यसैगरी मकाउमा रहेका नेपालीहरुमाथि आइपर्ने आपत्कालिन स्वास्थ्य लगायतका विभिन्न समस्यामा सहकर्मीसहित उपस्थित भएर आर्थिक तथा भौतिक सहयोग गर्ने बताउँदै कोभिड १९ का कारण नेपाल फर्किनु परेमा यात्राको सहजीकरण तथा सहयोग गर्ने प्रतिबद्धता समेत गरेकी छन् ।

मकाउममा विभिन्न नेपाली संघसंस्थामा आवद्ध रहेर सामाजिक काममा सक्रिय रहेकी थापाले मकाउमा नेपाली कला संस्कृतिको सम्वद्र्धन र प्रवद्र्धनका लागि कामगर्ने बताउँदै नेपाली चाडपर्वमा संघ÷संस्थासँग समन्वय र सहकार्य गरेर मनाउने बताएकी छन् ।
थापाले मकाउमा रहेका नेपालीहरुको सेवामा प्रतिबद्ध भएर लाग्ने बताउँदै मत दिएर सेवा गर्ने मौका दिन समेत अनुरोध गरेकी छन् ।

वि.सं.२०७८ असार २४ बिहीवार १६:५९ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...