२५ असार, काठमाडौँ । पाकिस्तान र इंल्याण्ड बिचको पहिलो एकदिवसीयमा इंल्याण्डले ९ विकेटले जित हासिल गरेको छ ।
पहिलो एकदिवसीयमा टस हारेर पहिले ब्याटिङ्ग गरेको पाकिस्तानले पुरै ५० ओभर पनि ब्याटिङ्ग गर्न सकेन । पाकिस्तानको टिम ३५.२ ओभरमा १४१ रन बनाएर अलआउट हुन पुगेको थियो । पाकिस्तानका लागि ब्याटिङ्गमा फखर जमानले सर्वाधिक ४७ रन बनाएका थिए भने इंल्याण्डका लागि बलिङ्गमा साकीब महमूदले सर्वाधिक ४ विकेट लिएका थिए ।
पाकिस्तानले दिएको १४२ रनको लक्ष्य इंल्याण्डले २१.५ ओभरमा १ विकट गुमाएर पुरा गर्यो । इंल्याण्डका लागि डविड मलान र ज्याक क्रली अर्धसतकीय पारी खेल्दैँ नटआउट रहेका थिए । डविड मलान ६९ बलमा ६८ रन बनाएर नाटआउट रहेका थिए भने ज्याक क्रली ५० बलमा ५८ रन बनाएर नटआउट रहेका थिए । पाकिस्तानका लागि बलिङ्गमा एक मात्र विकेट शाहीन अफरीदीले हात पारेका थिए ।
जितसँगै इंल्याण्डले ३ खेलको एकदिवसीय श्रृखलामा १-० ले अग्रता लिएको छ ।
वि.सं.२०७८ असार २५ शुक्रवार १०:५७ मा प्रकाशित



























