back
CTIZAN AD

पाकिस्तान पिपल्स पार्टी नेताको गोली हानी हत्या

वि.सं.२०७८ असार २५ शुक्रवार

771 

shares

२४ असार, पाकिस्तान । पाकिस्तान पीपल्स पार्टी (पीपीपी) का नेता तथा प्रान्तीय सभाका पूर्व सदस्य मलिक शहान हक्मीन खानलाई बुधवार एटोकमा गोली हानी हत्या गरिएको पाकिस्तानी सञ्चारमाध्यमहरूले बिहीबार जनाएका छन् ।

पाकिस्तानी पत्रिका डनका अनुसार पञ्जाब विधानसभामा पीपीपीका पूर्व सभासद खानलाई एटोकको शीन बाग क्षेत्रमा अन्त्येष्टिमा भाग लिइरहेको बेला अज्ञात आक्रमणकारीहरूले चलाएको गोली लागी मृत्यु भएको हो ।

आक्रमणपछि उनलाई जिल्ला सदरमुकामस्थित एक अस्पताल लगिएको थियो तर पछि थप उपचारका लागि उहाँलाई एम्बुलेन्समा रावलपिंडी लग्ने क्रममा बाटोमा निधन भएको हो ।
“हामी डिएचक्यू अस्पताल रावलपिंडी नजिकै पुगेका थियौं तर अस्पतालमा पुग्नुअघि उनको देहावसान भयो,” पाकिस्तानी सञ्चारमाध्यमले जिल्ला आपतकालीन अधिकारी इशफाक मियांलाई उद्धृत गरी लेखेको छ ।

प्रान्तीय विधानसभाका पूर्व उम्मेद्वार र हक्मीन खानका निकटस्थ मलिक हमीद अकबर खानले मृतक नेताको टाउकोमा गोली हानिएको थियो । घाउबाट धेरै रगत बगेपछि उनको मृत्यु भएको खानले बताए ।

पीपीपी नेता खान सन् २००८ मा पीपी–१५ एटोकबाट निर्वाचित भएका थिए । उनी आफ्नो कार्यकालमा खानी र खनिजसम्बन्धी विशेषाधिकार समिति र स्थायी समितिको सदस्य भएका थिए ।

पीपीपीका अध्यक्ष बिलावल भुट्टो जरदारीले ट्वीट गरेर उनको मृत्युमा शोक व्यक्त गर्दै भनेका छन, “शहन हक्मीनको हत्याको खबर सुन्दा म धेरै दुखी छु र शोकमग्न भएको छु । आफ्नो स्वर्गीय बुबा मलिक हकमिन जस्ता आस्तिक पीपीपी नेताको हत्यारालाई सजायँ दिनुपर्छ र मृतकका आफन्तजनलाई न्याय हुनुपर्छ ।”

खानका श्रीमती र दुई छोरा छन् । उनको पार्थिव घर पुग्ने बित्तिकै ठूलो संख्यामा समर्थक, प्रशंसक, पार्टी कार्यकर्ता र नेताहरू मृतकको परिवारसँग सहानुभूति प्रकट गर्न घरसम्म पुगेका थिए ।

प्रहरी स्रोतका अनुसार उनलाई सम्पत्तीसम्बन्धी विवादमा १९–वर्षीय व्यक्तिले गोली हानी हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ । स्रोतका अनुसार हत्यामा सम्लग्न रहेको आरोपमा संदिग्धलाई पक्राउ गरी अनुसन्धानको लागि सुरक्षा नियन्त्रणमा राखिएको छ ।

वि.सं.२०७८ असार २५ शुक्रवार १०:३५ मा प्रकाशित

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...