back
CTIZAN AD

अष्ट्रेलिया जाने सोच त्यागेर बाख्रापालनबाट मनग्य आम्दानी गर्दै मल्ल

वि.सं.२०७८ असार २६ शनिवार

915 

shares

२६ असार, गलेश्वर । आफ्नै गाउँठाउँमा उद्यम गरी म्याग्दीका कृष्ण मल्लले मनग्य आम्दानी गर्न सफल भएका छन् । बेनी नगरपालिका–६ चुत्रेनीका २९ वर्षीय मल्लले पैसा कमाउनकै लागि अष्ट्रेलिया जाने तयारीलाई पन्छाएर गाउँमा नै शुरु गरेको बाख्रापालनबाट अहिले वार्षिक रु १२ लाखसम्म आम्दानी गर्न सफल भएका छन् ।
उनले करिब ६ वर्ष खाडी मुलुकमा विताएर तीन वर्ष अघि स्वदेश फर्किए । शुरुमा अष्ट्रेलिया जाने सोचेपनि त्यसलाई त्यागेर यही बाख्रापालन थाले । बुबाले रहरले पाल्नुभएका स्थानीय जातका बाख्रामा मल्लको ध्यान गयो । अहिले भने बोयर जातका बाख्रापालन गरेका छन् । ‘‘विदेश जाने सोच त्यागेर बाख्रापालन गरेको छु, जेठसम्म रु १२ लाखका बोका बिक्री गरेर त्यसलाई बाख्रापालनमा नै थपेको छु’’, मल्लले भने ।

करिब रु ११ लाखबाट शुरु भएको व्यवसायमा लगानी ३० लाख पुगेको छ । खोरमा अहिले २८ वटा बोएर छन् । ठूलो क्षेत्रफलमा उन्नतजातको घाँस समेत लगाइएको छ ।

बाख्रा र बोका बिक्रीबाट वार्षिक रु २० लाखसम्म कमाइ गर्ने लक्ष्य छ । उहाँको फार्ममा तीन लाखसम्म पर्ने बोयर बोका छन् ।‘‘यहाँको कमाईले म पूर्णरुपमा सन्तुष्ट छु,आम्दानीलाई दोब्बर बनाउने गरी थप खोर विस्तार गदैंछु’’,नेपाल व्यावसायिक बाख्रापालन महासंघ म्याग्दीका अध्यक्ष समेत रहेका मल्लले भने ।
अष्ट्रेलियाबाट आयात गरिएको बोयर जातको बोका र एक माउबाट शुरु भएको बाख्रापालन यसै वर्ष ५० पु¥याउँने लक्ष्य छ । थप बोयर मगाइएको छ । खोरमा एक वर्षमा दोब्बर हुने गरी माउ राखिएको छ ।

मल्लले यूवापुस्तालाई बाख्रापालनमा सक्रिय बनाउन आवश्यक प्राविधिक सहयोग समेत गर्ने बताए । कृष्ण बहुउद्देश्य कृषि तथा पशुपालन फार्म दर्ता गरेर मासुको प्रयोजनका लागि नभइ शुद्व बोयर एवम् स्थानीय खरी जातको बाख्रालाई बोयर बोका दिएर नस्ल सुधार गर्दै उन्नतजातका पाठापाठी बिक्री गरी कृषकलाई बाख्रापालन व्यवसायमा प्रेरित गर्ने योजना मल्लको रहेको छ ।

छिमेकीको बाँझो जमिन भाँडामा लिएर घाँस खेतीसमेत विस्तार गरिएको छ । उता बेनपा ६ का वडा अध्यक्ष कृष्णसिंह बानियाँले वडालाई कृषि र पशुपालनमा पकेट क्षेत्रको रुपमा विकास गर्ने ध्येयले पशुपालक कृषकलाई आवश्यक सहयोग गरेको बताए । file photo

 

वि.सं.२०७८ असार २६ शनिवार ०९:२३ मा प्रकाशित

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी । एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा...

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दी । गण्डकी प्रदेश सरकारले म्याग्दीमा फलफूल, तरकारी, आलु र...

‘आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’

‘आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’

दाङ । दाङ प्रहरीले जिल्लाका विभिन्न स्थानमा गत साउन १६...

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली (तनहुँ) । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको...

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक...

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी ।  विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या...