back
CTIZAN AD

नेपाली कार्गो रेल भारतमा पनि सञ्चालन हुने

वि.सं.२०७८ असार २६ शनिवार

753 

shares

२६ असार, काठमाडौँ । अब कार्गो ढुवानीका लागि नेपाली रेल भारतमा समेत सञ्चालन गर्ने बाटो खुला भएको छ ।

शुक्रबार भर्चुअल माध्यमबाट भएको नेपाल–भारत रेल सेवा सम्झौता संशोधनले कार्गो ढुवानीका लागि नेपाली रेल भारतमा समेत सञ्चालन गर्ने बाटो खुला भएको हो ।

विद्यमान नेपाल भारत रेल सेवा सम्झौतामा संशोधन गर्नका लागि नेपाल सरकार र भारत सरकारका तर्फबाट लेटर अफ एक्सचेन्जमा सहमति जुटेसँगै पारवहनका लागि नेपाली रेलले वीरगञ्ज र विराटनगरदेखि कोलकाता-हल्दियासम्म रेल सेवा दिनसक्ने भएको हो ।

नेपाल भएर आउने कार्गो जुनसुकै कार्गो सेवा प्रदायक रेल सेवा कम्पनीबाट ल्याउन पाइने र नेपालको रेल सेवा प्रदायक संस्थाले पनि कार्गो ढुवानी गर्न पाउने सहमति भएको छ ।

नेपाल–भारत रेल सेवा सम्झौतामा ५१ वटा विभिन्न प्रावधान संशोधन भएका छन् । संशोधनअनुसार नेपालबाट तेस्रो मुलुकसँगको व्यापारका लागि भारतीय निजी क्षेत्रको रेल सेवासमेत उपयोग गर्न सकिनेछ । यसअघि निश्चित कम्पनीबाट सञ्चालित रेल सेवा मात्र ढुवानीका लागि प्रयोग गर्नुपर्ने बाध्यतात्मक अवस्था रहेको थियो ।

यो सम्झौता १० वर्षका लागि कायम हुने जानकारी दिँदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले सम्झौताले अन्तर्राष्ट्रिय व्यापार कार्गो ढुवानीलाई दीर्घकालीन रूपमा हित गर्ने बताएका छन् ।

रेल सेवा सम्झौताको संसोधनबाट नेपालको तेस्रो मुलुकसँग हुने व्यापारका लागि भारतीय रेल सेवा उपयोग गर्ने तथा भारतसँगको द्विपक्षीय व्यापारमा रेलबाट हुने ढुवानीलाई व्यवस्थित गर्ने सम्ब्न्धमा विभिन्न व्यवस्थाहरु गरिएको मन्त्रालयले जनाएको छ । यसका साथै भरतमा रेल सेवा उपलब्ध गराइरहेका सबै अनुमतिप्राप्त कार्गो ट्रेन अपरेटरहरुले नेपालको पारवहनका लागि हुने ढुवानीका लागि सेवा दिन सक्नेछन् ।

त्यस्तै भारतमा सञ्चालनमा ल्याउनका लागि अनुमति प्राप्त सबै किसिमका कन्टेनर नेपालसम्मको ढुवानीमा पनि उपयोगमा ल्याउन सकिने भएको छ । यसले प्रतिस्पर्धा बढ्नेछ । सामान समयमै नेपाल आइपुग्दा लागत कम हुने सचिव भट्टराईले बताए ।

नेपाल आउने कार्गो भारतको भन्सारमा एक पटक परीक्षण गरिएको लक लागेपछि सोझै नेपाल आउन पाउनेछ । त्यस्तै भारतीय भन्सारबाट नेपाल आउने सामान छुटाउन भारतमै गएर शुल्क बुझाउनुपर्ने यसअघिको व्यवस्थामा पनि सहजीकरण हुने भएको छ । संसोधित सम्झौतापछि नेपालकै वाणिज्य बैकबाट सोझै भुक्तानी गर्न पाउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

यस संसोधनले दुवै देशबीचको व्यापार तथा पारवहन सम्बन्ध थप सुदृढ हुने विश्वास मन्त्रालय लिएको जनाएको छ ।

 

 

वि.सं.२०७८ असार २६ शनिवार १२:१९ मा प्रकाशित

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...

८०१ सवारीसाधनदेखि ५५ लाखसम्म : नाडाको ५० वर्षे अटोमोबाइल यात्रा

८०१ सवारीसाधनदेखि ५५ लाखसम्म : नाडाको ५० वर्षे अटोमोबाइल यात्रा

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल स्थापना भएको दुई वर्षपछि,...