back
CTIZAN AD

वर्षाले बढायो मावाखोला पुलमा जोखिम

वि.सं.२०७८ असार २७ आइतवार

789 

shares

२७ असार, दमक । हालै आएको वर्षाका कारण झापा र मोरङलाई जोड्ने दमक–१० सेतुमारीमा अवस्थित मावाखोलाको पुल भत्किन थालेको छ ।

तीन वर्षअघि निर्माण भएको पुल वर्षाका कारण भत्किन शुरु गरेपछि दुर्घटनाको जोखिमसमेत बढ्दै गएकामा स्थानीयवासी चिन्तित भएका छन् । दातृ निकायको सहयोगमा निर्माण भएको सो पुल ७५ दशमलव ४५ मिटर लामो रहेको छ ।

सो पुल वर्ष दिनअघि मात्र पूर्णरूपमा सञ्चालनमा आएको थियो । पुलको दमक खण्डतर्फको पूर्वी भागको ग्यावियन भत्किन थालेपछि सडकसमेत भासिन थालेको छ ।

सडक भासिएसँगै सो पुलमा अहिले एकतर्फीरूपमा मात्र यातायात सञ्चालन हुँदै आएको र यही अवस्था रहे अबको केही दिनभित्रमा पूरै सडक भत्किएर खोलामा खस्ने र यातायात सञ्चालनमा पूर्ण अवरोध सिर्जना हुनसक्ने खतरा रहेको पत्रकारसमेत रहेका स्थानीयवासी नगेन्द्रमणि न्यौपाने बताउँछन् ।

पुल नबन्दासम्म वर्षायाममा दमक–१० र उर्लाबारी–९ का बासिन्दाले वारिपारि गर्न समस्या भोग्दै आएका थिए तर अहिले त्यही पुलको केही भागमा आवागमनमा नै असुविधा हुने गरी निर्मित संरचनामा क्षति आउन थालेपछि स्थानीयवासीमा चिन्ता छाएको उनका भनाइ छ । उनले पुल मर्मतमा बेलैमा चासो नदिने हो भने थप क्षति बेहोर्नुपर्ने अवस्था आउन सक्ने बताए ।

विसं २०७१ चैतमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका उक्त पुलको अझै औपचारिक भने उद्घाटन गरिएको छैन । मावा पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष अम्बिका खनालका अनुसार रु चार करोड ४० लाखमा २०० मिटर लामो पुल बनाउनुपर्नेमा ७५ दशमलव ४५ मिटर मात्र बनेको छ ।

झापातर्फ पुलसम्म पुग्ने बाटो कालोपत्रसमेत भइसकेको छ भने मोरङतर्फ आमबारी–झुर्किया सडकसँग पुल जोड्ने करिब ६०० मिटर सडक एउटा बक्स कल्र्भटसमेत निर्माण भएको छ । दुवैतर्फ पुलसम्म नै कालोपत्र सडक पुर्याउन सकेमात्र त्यस सडकले प्राथमिकता पाउने अध्यक्ष खनाल बताउँछिन् ।

पुल निर्माणले दमकदेखि विराटनगरसम्म पुग्नका लागि करिब ३० किलोमिटर छोटिएको भए पनि पुलको संरक्षणमा स्थानीय सरकार र सम्बन्धित सरोकारवाला निकायको ध्यान खासै जान नसकेको उनका भनाइ छ ।

वि.सं.२०७८ असार २७ आइतवार १२:२६ मा प्रकाशित

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका...

मनै लोभ्याउने ‘माइपोखरी’

मनै लोभ्याउने ‘माइपोखरी’

फिक्कल (इलाम) । चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...