back
CTIZAN AD

माधव नेपालको अडान कायमै, सहमति पत्रमा अदालतलाई प्रभावित पार्ने विषय राख्न नपाईने

वि.सं.२०७८ असार २७ आइतवार

762 

shares

असार २७, काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतलाई प्रभावित पार्ने भाषा प्रयोग गरि सहमती नगर्न कार्यदलका सदस्यलाई सुझाब दिएका छन् । पार्टी विवादमा समाधानको प्रयास भईरहेका बेला आफुँ निकटका कार्यदल सदस्यहरुलाई बोलाएर नेता नेपालले यस्तो सुझाएका हुन् ।

नेता नेपालले अदालतलाई प्रभावित बनाउने खालको भाषा राखेमा स्वीकार्य नहुने पनि बताएका छन् । उनले अदालतलाई निष्पक्ष फैसला गर्न दिनुपर्ने लाईनमा आफुँ रहेको बताएका थिए ।

आइतबार बिहान सिंहदरबारमा बैठक बस्नुअघि नेपालनिकट कार्यदलका सदस्यहरुलाई उनलाई कोटेश्वरस्थित निवासमा पुगेर भेटेका थिए । नेपाल पक्षीय कार्यदलका सदस्यहरु कोटेश्वरबाट फर्किएपश्चात मात्रै सिंहदरबारमा कार्यदलको बैठक सुरु भएको थियो ।

कार्यदलका सदस्यहरुले आजै अन्तिम सहमति गर्न सक्ने सम्भावना रहेको बताएका छन् । तर, नेता नेपालको अदालतमा बुझाएको हस्ताक्षर फिर्ता नलिने अडानले सहमतिलाई प्रभावित पार्न सक्ने सम्भावना रहेको बताइएको छ ।

नेपाल समूहका २३ जना विघटित प्रतिनिधि सभा सदस्यसहित विपक्षी गठबन्धनले प्रतिनिधि सभा विघटन र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग राख्दै सर्वोच्च रिट हालेको थियो । विपक्षी गठबन्धनबाट दायर रिटमाथि सुनुवाई सकिएसँगै भोली (सोमबार)को लागि अर्को पेसी तोकिएको छ ।

वि.सं.२०७८ असार २७ आइतवार १२:२१ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...