२७ असार, काठमाडौँ । नेपाल एसबीआई बैंकले वीर अस्पताललाई चिकित्सा उपकरण हस्तान्तरण गरेको छ । बैंकले आफनो समाजिक उत्तरदायित्व अन्र्तगत उक्त सहयोग गरेको हो ।
बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देलेले वीर अस्पताल कोभिड एकीकृत केन्द्री अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थिए ।
वार्षिकोत्सवको अवसर पारी हस्तान्तरण गरेको स्वास्थ्य सामाग्रीमा अस्पतालका उपनिर्देशक डा. आशीष ढुंगाना, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम लगायत अस्पताल र बैंकका अन्य कर्मचारी पनि सहभागी रहेका थिए ।
वि.सं.२०७८ असार २७ आइतवार १२:०६ मा प्रकाशित




























