back
CTIZAN AD

महाविर पुनलाई म्यासाचुसेट्स राज्यका सिनेटरको सम्मान

वि.सं.२०७८ असार २७ आइतवार

699 

shares

२७ असार, विजय थापा, डिसी । अमेरिकाको म्यासाचुसेट्स राज्यका राज्य सिनेटरले राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई सम्मानित गरेका छन् ।

सम्मान गरेको प्रमाणपत्र पुन मातृभूमि नेपाल उड्नु अगाडी मात्र प्राप्त गरेका थिए । डा पुन जुलाई १० का दिन अमेरिकाबाट नेपाल उडेका छन् ।

उनलाई बिदाई गर्न साथमा रहेका सामाजिक अभियन्ता सन्तोष सापकोटाले महाविर पुनलाई म्यासाचुसेट्सका सिनेटरले सम्मान गरेको जानकारी दिएका छन् ।

May be an image of Mahabir Pun and standing

उक्त प्रमाणपत्र म्यासाचुसेट्सका अर्का सामाजिक अभियन्ता प्रल्हाद केसीले सापकोटा मार्फत पुनलाई पठाएको थिए । पुनलाई म्यासाचुसेट्स राज्यका सिनेटर डेमोक्र्याटिकका विलियम एन ब्राउन्सबर्गरले सम्मान गरेका हुन् ।

अमेरिका भ्रमणको लागि आमन्त्रित र अमेरिकाको भ्रमणको संयोजनको भूमिका निर्वाह गर्ने सापकोटाले डा महाबिर पुनलाई करीव एक महिनाको लागि विभिन्न राज्यहरुमा नेपाली समुदायसंग अन्तरक्रिया र भेटघाट गराएका थिए ।

जुलाई ६ का दिन पुनलाई ओहायो राज्यका दुई शहरका नगर प्रमुखले पनि सम्मान गरेका थिए । डा पुनले नेपालका लागि गरेको योगदान स्वरुप उनलाई सम्मान गरिएको बताइएको छ ।

अमेरिकामा अत्यधिक नेपाली समुदायसँग गरिएको अन्तरक्रिया र भेटघाट कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रलाई ठूलो आर्थिक सहयोग प्राप्त भएको छ । आर्थिक सहयोग मात्र नभई केन्द्रलाई आफूले विदेशमा आर्जन गरेको शिप र ज्ञान पनि सहयोग गर्ने वचनबद्धता र प्रतिबद्धता जाहेर गरेका छन् ।

अमेरिकाका नेपाली समुदायले पुनलाई स्वत स्फूर्त रुपमा सहयोग गरेका छन् भने केन्द्रलाई निरन्तर रुपमा सहयोग गर्ने सबैले बचन दिएका छन् । हाल सम्म ६.५ करोड पर्ने ५५ वटा भेन्टीलेटर सहित अन्य आर्थिक संकलन गर्दै करिब १० करोडको सहयोग नेपाल भित्रिन अनुमान गरिएको छ ।

 

वि.सं.२०७८ असार २७ आइतवार १२:५२ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...