२७ असार, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नीति प्रतिष्ठानको अध्यक्षमा संघका प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष शेष घले चयन भएका छन् ।
संघका अध्यक्ष कुमार पन्तका अनुसार संघका प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष शेष घलेलाई सो जिम्मेवारीमा चयन गरिएको हो । े प्रतिष्ठानमा बाँकी सदस्यहरु अध्यक्ष घलेले नै मनोनय गर्ने बताइएको छ ।
संघका अनुसार एनआरएनए नीति प्रतिष्ठान नेपालको सामाजिक–आर्थिक विकास र समृद्धिका लागि सरकारसँग मिलेर नीतिगत पहलकदमीका पक्षमा काम गर्ने निकाय हो ।
वि.सं.२०७८ असार २७ आइतवार १३:०९ मा प्रकाशित






























