back
CTIZAN AD

प्रदर्शनमा उत्रिएका नागरिक आन्दोलनका अगुवा पक्राउ

वि.सं.२०७८ असार २७ आइतवार

714 

shares

२७ असार, काठमाडौं । स्वास्थ्य शिक्षामा भइरहेका चरम बेथिति विरुद्ध तथा धरानको BPKIHS को बचाउका निम्ति आन्दोलित नागरिक अभियन्ताहरु प्रदर्शनका क्रममा पक्राउ परेका छन् ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चारजना पदाधिकारीलाई पदमुक्त गरी नयाँ पदाधिकारी चयन गुर्नपर्ने माग गर्दै नागरिक आन्दोलनमा वृहद् नागरिक आन्दोलनका अभियन्ताहरु पक्राउ परेका हु्न् ।

बिपी प्रतिष्ठानमा दलीय भागबण्डा नभई वस्तुगत मापदण्डका आधारमा पदाधिकारी नियुक्त गर्नुपर्ने माग गर्दै सिंहदरबारको दक्षिण गेटमा प्रदलर्शनमा उत्रिएका अभियन्ताहरुमध्ये अभियन्ता नारायण वाग्लेसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

बिपी प्रतिष्ठानमा चरम भष्टाचार भएको समाचार बारम्बार बाहिर आउँदा पनि सरकारले त्यसप्रति छानविन गर्न चासो नदेखाएको आरोप लगाउँदै नागरिक अभियन्ताहरु निरन्तर आन्दोलनमा उत्रिएका छन् ।

पूर्वनिर्धारित योजना अनुसार सिंहदरबार अघि धर्ना बस्नपुगेका उनीहरुलाई धर्ना बस्नुपूर्व नै प्रहरीले पक्राउ गरेको एक अभियन्ताले बताएका छन् । उनका अनुसार पक्राउ परेका अभियन्ताहरुलाई महेन्द्र पुलिस क्लवमा राखिएको छ ।

वि.सं.२०७८ असार २७ आइतवार १२:४१ मा प्रकाशित

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...

कामपाको बजेट: करको दर हेरफेर, आफ्नै अस्पतालदेखि घर-घरमा नागरिकता र परिचयपत्र

कामपाको बजेट: करको दर हेरफेर, आफ्नै अस्पतालदेखि घर-घरमा नागरिकता र परिचयपत्र

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बहाल करको...