back
CTIZAN AD

नागरिक अभियन्ताहरु पक्राउ

वि.सं.२०७८ असार २७ आइतवार

657 

shares

२७ असार, काठमाडौं । बीपी प्रतिष्ठान धरानमा भइरहेको चरम बेथितीविरुद्ध सडक प्रदर्शनमा उत्रिएका नागरिक अभियन्ताहरू काठमाडौंको सिंहदरबार क्षेत्रबाट पक्राउ परेका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीलाई पदमुक्त गरी नयाँ पदाधिकारी चयन गर्न माग गर्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वृहत नागरिक आन्दोलनका अभियन्ता नारायण वाग्ले, खगेन्द्र संग्रौंला, विमल अर्याल, अर्चना थापा, सञ्जिव उप्रेती, श्रवण मुकारुङलगायत रहेका छन् ।

अभियन्ताहरुले नयाँ पदाधिकारी दलीय भागवण्डा नभइ वस्तुगत मापदण्डका आधारमा नियुक्त गर्न माग गरेका छन् । भ्रष्टाचारको बचाउ गर्नेबाहेक सरकारले अहिलेसम्म केही नगरेको तथा आन्दोलनको चार साता बित्दा अहिलेसम्म वार्ताको पहलसमेत नगरेको गुनासो अभियन्ताहरुको छ।

चिकित्सा शिक्षा ऐनमा २०८० सम्म सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्याउने भने पनि सरकारले त्यसका लागि कुनै काम नगरेको उल्टै निजी अस्पतालहरुको व्यापारका लागि बीपी प्रतिष्ठानजस्ता संस्थालाई बर्बाद पारिरहेको उनीहरुको आरोप छ । उनीहरुले पदाधिकारी संलग्न भ्रष्टाचारका बारेमा कुनै छानबीन नभएकामा आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण पनि गराएका हुन् ।

प्रहरीका अनुसार अभियन्ताहरुले निषेधित क्षेत्र तोडेकाले नियन्त्रणमा लिनु परेको हो ।उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखेको खबर छ।

वि.सं.२०७८ असार २७ आइतवार १२:४१ मा प्रकाशित

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...