back
CTIZAN AD

किसानलाई नेपाल बंगालादेश बैंकको कृषि ‘लोन कार्ड’

वि.सं.२०७८ असार २७ आइतवार

618 

shares

२७ असार, काठमाडौं । नेपाल बंगलादेश बैकले मकवानपुर जिल्लाको मकवानपुगढी गाउँपालिकामा किसान कृषि लोन कार्ड वितरण गरेको छ । बैंक, आर एण्ड डि इनोभेटीभ सोलुसन, मकवानपुरगढी गाँउपालिका र मकवानपुरगढी गाँउपालिका सहकारी समन्वय समितिबीच भएको चौ–पक्षिय सम्झौताअनुसार मकवानपुरगढी गाँउपालिकाको अध्यक्ष बिदुर हुमागाईंले किसान कृषि लोन कार्ड हस्तान्तरण गरी २५ गतेबाट लगानीको सुरुवात गरिएको हो ।

यसबाट पहिलो चरणमा मकवानपुरगढी गाँउपालिका वडा नं ३ का २५ जना कृषकहरु लाभान्वित हुने बैंकले जनाएको छ । यस योजना अन्तर्गत बिना धितो, एकैप्रकारको व्यवसाय गर्ने र एउटै क्षेत्रका किसानहरुलाई सहुलियतपूर्ण कृषि कर्जा प्रदान गरिनेछ ।

कृषकहरुले कर्जाको साथै त्यतिनै सीमा बराबरको क्यूआर कोड अंकित किसान कृषि लोन कार्ड बैंकबाट प्राप्त गर्नेछन् । उक्त कार्डबाट कृषकहरुले सामान खरीद गर्दा कार्डको क्यू आर कोडबाट भुक्तानी गर्न सक्नेछन् । नगद रहित विद्युतिय भुक्तानी प्रणालीलाई प्रवर्धन गर्ने नेपाल राष्ट्र बैंकको नीतिलाई सफल बनाउने उद्देश्य सहित नेपाल बङ्गलादेश बैंकले सीमान्तकृत ग्रामीण भेगका कृषकहरुलाई पनि समेटेर यो योजना ल्याएको बैंकले जनाएको छ ।

बैंकले पहिलो चरणमा पाइलट प्रोजेक्टको रुपमा मकवानपुरगढीे गाँउपालिकाबाट शुरु गरी नेपाल अधिराज्यभरीनै यस किसिमको कर्जा विस्तारित गर्दै ग्रामिण भेगका कृषकहरुलाई विद्युतिय माध्यमबाट बैंकिङ्ग कारोबार गर्न प्रोत्साहन गर्नुका साथै कृषकहरुको जीवनस्तर उकास्न सहयोग गर्ने पनि जानकारी गराएको छ । हाल बैंकले ९९ शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटिएम बाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।

वि.सं.२०७८ असार २७ आइतवार २२:४६ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...