back
CTIZAN AD

आफुँ निकटलाई मन्त्रि बनाउन कांग्रेसमा गुट–गुटका बैठक

वि.सं.२०७८ असार २९ मंगलवार

714 

shares

असार २९, काठमाडौं । सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार बन्ने तयारी भएसँगै कांग्रेसमा बेग्लै व्यस्तता सुरु भएको छ ।

मन्त्रिमण्डलका क–कसलाई समावेश गराउने भनि नेताहरु पक्षगत रुपमै छलफलमा जुटेका छन् । कांग्रेसभित्र गुटगत रुपमै आ–आफ्ना मान्छेलाई पार्न छलफल चल्न थालेको छ ।

आफुँ निकटका नेतालाई मन्त्री बनाउन शेरबहादुर देउवा छुट्टै छलफलमा जुटिरहेको बेला वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला पनि फरक–फरक छलफलमा जुटेका छन् ।

सिटौला पक्षले मन्त्री छनौट गर्नको लागि दिउँसो १ बजेदेखि बैठक बोलाएको छ । बताइएअनुसार चन्डोलस्थित सिटौला निवासमा मन्त्री छनोट गर्न बैठक बस्दैछ ।

यता रामचन्द्र पौडेल पनि आफुँ निकटस्थसँग छलफलमा जुटेका छन् । पौडेल निवास बोहोराटारमा मन्त्री छान्ने विषयमा मंगलबार बिहानैदेखि छलफल चलिरहेको छ ।

सर्वोच्चको फैसला आएसँगै मंगलबारदेखि नै सभापति देउवा निवास बुढानिलकण्ठमा नेताहरुको भीड लागेको छ । सानो आकारको मन्त्रिमण्डलको तयारी गरिरहेका बेला आफुँ र आफ्नो पक्षलाई पार्न नेताहरु दौडधुपमा छन् ।

मंगलबार बिहानदेखि नै देउवाले उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णंंबहादुर खड्का, बालकृष्ण खाँडलगायतसँग छलफल गरिरहेका छन् ।

वि.सं.२०७८ असार २९ मंगलवार १३:०३ मा प्रकाशित

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...