back
CTIZAN AD

सोलुखुम्बुको साल्मे–फाप्लु सडक मर्मत कार्य नसकिँदै भत्कियो

वि.सं.२०७८ असार २९ मंगलवार

576 

shares

२९ असार, सोलुखुम्बु । सिद्धिचरण राजमार्गअन्तर्गत सोलुखुम्बुको साल्मे–फाप्लु सडक मर्मत कार्य सम्पन्न नहुँदै भत्किएको छ ।

साल्मे–फाप्लु १५ किलोमिटर सडक मर्मत कार्य सम्पन्न नहुँदै भत्किन थालेको प्रत्यक्षदर्शीले बताएका छन् । वैशाख शुरु हुनै लाग्दा काम थालिए पनि असारको मध्य नहुँदै भत्कन थालेको सवारी चालक दावा ग्याल्जेन शेर्पाले बताए ।

सडक डिभिजन कार्यालय हर्कपुरले सिद्धिचरण राजमार्गको हर्कपुरदेखि फाप्लुसम्मको सडक मर्मत गर्ने गरी विभिन्न निर्माण कम्पनीसँग सम्झौता गरी योजना सञ्चालन गरेको भए पनि गुणस्तरीय नभएको यात्रुको दाबी छ ।

कार्यालयका अनुसार ओखलढुङ्गाको हर्कपुरदेखि सोलुखुम्बुको फाप्लुसम्मको सडक मर्मतको कार्य अहिले ६० प्रतिशत सकिएको छ । तर असारमा बजेट सिध्याउने बहानामा गुणस्तरीय काम नभएको चालक तथा यात्रु बताउँछन् ।

बर्खाको समयमा बजेट खर्च गर्नकै लागि निर्माण गरेको जस्तो देखिने विकास निर्माणमा अनुगमन फितलो हुनु र ठेकेदार कम्पनीले समेत गुणस्तरीयतामा ध्यान दिनुपर्ने दायित्व नबुझ्दा समस्या हुने गरेको सोलु दूधकुण्ड नगरपालिका–४ का फुरी लामाको भनाइ छ ।

सडक मर्मत कार्य सम्पन्न नभई भत्किनुले समग्र जिल्लामा हुने विकासको गुणस्तरीयतामा प्रश्न गर्ने प्रशस्त आधार खडा भएको स्थानीयवासीको भनाइ छ । नगरपालिकाका जनप्रतिनिधिदेखि जिल्लाका उच्च ओहोदाका अधिकारीले दैनिकरुपमा अनुगमन गर्न सक्ने भए पनि त्यो नहुनु र निर्माण कम्पनीले योजना सम्पन्न गर्नेतर्फ मात्र ध्यान दिँदा मर्मत गरिएको सडक भत्किएको थुलुङ दूधकोशी गाउँपालिका–५ का तेजबहादुर बस्नेतले बताए ।

सडक डिभिजन कार्यालय हर्कपुर ओखलढुङ्गाको रु पाँच करोड ९६ लाखको लागतमा गत वैशाखबाट साल्मे–फाप्लु खण्डमा मर्मतको काम भइरहेको छ । महालक्ष्मी भुजेल जेभीले कालोपत्र सडक टालटुल गर्ने, ड्रेन, कज वे र पर्खाल निर्माण तथा मर्मत लगायतको कामको जिम्मा लिएको छ ।

यता सडक मर्मतको काममा कमजोरी भएको स्वयम् निर्माण कम्पनीले पनि स्वीकार गरेको छ । कम्पनीका प्रतिनिधि सुदीप सुनुवारले भत्किएको सडक पुनः मर्मत गर्ने प्रतिबद्धता व्यक्त गरे । बर्खायाममा काम शुरु भएकाले कालोपत्र उप्किएको र ठाउँठाउँमा पहिरोसमेत खसेको उनका भनाइ छ ।

मर्मत कार्य सम्पन्न नहुँदै भत्किएको सडकको विषयमा जिल्ला प्रशासन कार्यालयमा समेत गुनासो आएको भन्दै प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले तत्काल त्यसको अनुगमन गरी कमजोरी पाएको खण्डमा पुनः काम गर्न कम्पनीलाई निर्देशन दिने बताए ।

वि.सं.२०७८ असार २९ मंगलवार १३:०० मा प्रकाशित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

सिरदली-चौडेनी सडक स्तरोन्नति

सिरदली-चौडेनी सडक स्तरोन्नति

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ...

रास्वपा ताप्लेजुङमा गुरुङ

रास्वपा ताप्लेजुङमा गुरुङ

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ सभापतिमा राजनकुमार गुरुङ...

हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार

हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार

भोजपुर । जिल्लाको हतुवागढी–२ लुङ्गिन क्षेत्रमा केन्द्रीय विद्युत् सेवा विस्तार...

खोक्सिकमा खेलमैदान स्तरोन्नतिका काम सुरु

खोक्सिकमा खेलमैदान स्तरोन्नतिका काम सुरु

भोजपुर । यहाँको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकमा रहेको खेलमैदान स्तरोन्नतिका...