back
CTIZAN AD

युनियन लाइफ इन्स्योरेन्सको आइपिओमा पर्‍यो अहिलेसम्मकै सबैभन्दा धेरै आवेदन

वि.सं.२०७८ असार २९ मंगलवार

603 

shares

२९ असार, काठमाडौँ । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको आइपिओमा अहिलेसम्मकै सबैभन्दा धेरै आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार कम्पनीको आइपिओमा २१ लाख ५० हजार ४ सयले आवेदन दिएका छन । कुनै पनि कम्पनीको आइपिओ भर्नेको यो संख्या अहिलेसम्मकै उच्च हो ।

युनियन लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि असार २४ गतेदेखि प्राथमिक शेयर (आईपीओ) बिक्री खुल्ला गरेको थियो । कम्पनीले १ सय रुपैयाँ अंकित दरमा कूल ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।

त्यसमध्ये कम्पनीले ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएको थियो ।

आइपिओमा आवेदन दिनको संख्यालाई हेर्दा २७ प्रतिशतले मात्रै सेयर पाउने देखिन्छ अर्थात कम्पनीको आइपिओ ५ लाख ८० हजार ५ सय जनाले मात्रै १०–१० कित्ताका दरले पाउने छन् । बाँकीको हात रित्तो हुनेछ ।

वि.सं.२०७८ असार २९ मंगलवार १२:५६ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...