२९ असार, काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड दुईतफी सूचारु भएको छ ।
आइतबार बिहा ईच्छाकामना गा.पा. ६ कालीखोलामा माथीबाट सुख्खा पहिरोका कारण बन्द भएको सडक आइतबार बेलुका ८ बजेदेखि एकतर्फी सूचारु गरिएकोमा आज बिहानदेखि दुईतर्फी सुचारु गरिएको जिल्ला प्रहरी कायालय चितवनले जनाएको छ ।
‘बाटो एकतर्फि सन्चालन भएकोमा आज बिहान ७ः४० बजे उक्त सुख्खा पहिरो हटाई दुईतर्फी सन्चालन भएको हुँदा सडकमा सवारी चालकले ओभरटेक नगरी आफनो लेनमा रही ट्राफीक ब्यबस्थापनमा खटिएको ट्रापिक प्रहरीको संकेतलाई पुर्ण पालना गरी सवारी साधन सन्चालन गरी दिनहुन जिल्ला प्रहरी कार्यालय चितवन अनुरोध गर्दछ ।’ प्रहरीद्धारा जारी सूचनामा भनिएको छ ।
वि.सं.२०७८ असार २९ मंगलवार १३:३६ मा प्रकाशित






























