असार २९, काठमाडौं । सर्वोच्च अदालतको परमादेशबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन् । मंगलबार संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्।
राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको जानकारी दिए ।
‘सर्वोच्च अदालतको परमादेशसँगै राष्ट्रपतिज्यूले देउवाजीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको छ,’ उनले भने, ‘उहाँको शपथ आजै गराउने तयारी भइरहेको छ ।’
उनका अनुसार सपथ ग्रहणको समय भने निर्धारण भइसकेको छैन् ।
देउवा अहिले गठबन्धनसँग परामर्शमा छन् ।
वि.सं.२०७८ असार २९ मंगलवार १३:२९ मा प्रकाशित




























