back
CTIZAN AD

ओलीले बुधबार मात्रै बालुवाटार छाड्ने

वि.सं.२०७८ असार २९ मंगलवार

639 

shares

असार २९, काठमाडौं । सर्वोच्च अदालतको परमादेशबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिसकेकी छिन् । उनले संविधानको धारा ७५ (५) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

नवनियुक्ती प्रधानमन्त्री देउवाको सपथग्रहण आज बेलुकी ६ बजेका लागि शीतल निवासमा तय भएको छ ।

तर, देउवा प्रधानमन्त्रीमा नियुक्त भएपनि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास भने भोलीबाट मात्रै त्याग्ने भएका छन् । ओली निकट स्रोतले बताएअनुसार उनी बुधबार मात्रै बालकोट सर्ने तयारीमा रहेका हुन् ।

यता एमाले युवा संघले ओलीलाई विशेष स्कर्टिङ गर्दै उनको निजि निवासमा लैजाने तयारी गरेको छ । मंगलबार युथफोर्सलाई ब्यूँताएको घोषणा गरेको युवा संघले बुधबार दुई हजार गाडी र तीन हजार मोटरसाइकलले स्कर्टिङ गर्दै बालकोट पुर्याउने योजना बनाएको हो ।

युथफोर्स ब्यूँताउने घोषणा कार्यक्रममा युवा संघका इन्चार्ज महेश बस्नेतले स्कर्टिङ कार्यक्रमबारे जानकारी गराएका थिए ।

वि.सं.२०७८ असार २९ मंगलवार १४:३३ मा प्रकाशित

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...