३० असार, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।
बुधबार साँझपख विप्लव अर्का नेता धर्मेन्द्र बाँस्तोलालाई लिएर प्रचण्ड निवास खुमलटार पुगी प्रचण्डलाई भेटेका हुन् ।
सरकार परिवर्तत भएलगत्तै विप्लव प्रचण्डलाई भेट्न पुगेका हुन् । भेटमा परिवर्तित राजनीतिक स्थितिका विषयमा कुराकानी भएको नेता बाँस्तोलाले बताए ।
(तस्विर : पुष्पकमल दाहाल प्रचण्डको सचिवालय)
वि.सं.२०७८ असार ३० बुधवार १९:२२ मा प्रकाशित






























