back
CTIZAN AD

१० लाख रुपैयाँ धरौटीमा रिहा भए गच्छदार

वि.सं.२०७८ असार ३० बुधवार

705 

shares

३० असार, काठमाडौँ । बालुवाटारको ललितानिवास जग्गा भ्रष्टाचार प्रकरणका अभियुक्त एवं पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार विशेष अदालतबाट १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की तथा सदस्य न्यायाधीशहरू ​अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले गच्छदारलाई १० लाख धरौटि बुझाएर रिहा गर्न आदेश दिएको हो । अदालतको आदेश लगत्तै गच्छदार १० लाख रुपैयाँ धरौटि बुझाएर रिहा भएका हुन्।

फरार रहेको भनिएका गच्छदार आज अदालत हाजिर भएर बयान दिएका थिए । बयान ४ घण्टा चलेको थियो । बयान सकिएसँगै उनीमाथि थुनछेक बहस चलेको थियो।

ललिता निवास प्रकरणमा भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपसभापति गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। ललिता निवास प्रकरणमा सरकारी जग्गा व्यक्तिको नाममा गराएको भन्दै भ्रष्टचार अभियोगमा २०७६ माघ २२ गते विशेष अदालतमा उनीसँगै एक पूर्वउपप्रधानमन्त्री, तीन पूर्वमन्त्री तथा पूर्व सचिवसहित १७५ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

गच्छदारविरुद्ध अदालतमा ९ करोड ६५ लाख ७६ हजार बिगो र जरिवानासहित कैद माग गरिएको थियो।

वि.सं.२०७८ असार ३० बुधवार १८:४४ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...