back
CTIZAN AD

प्रधानमन्त्री देउवा नेता नेपाल भेट्न कोटेश्वरमा

वि.सं.२०७८ असार ३० बुधवार

555 

shares

३० असार, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न नेपाल निवास कोटेश्वरमा पुगेका छन् ।

प्रधानमन्त्रीको सपथ ग्रहण गरेको भोलीपल्टै नेपाल निवासमा पुगेका दुई नेताबीच नयाँ राजनीतिक परिस्थितिबारे छलफल हुन लागेको बताइएको छ ।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा विघटनलाई बदर गर्दै प्रधानमन्त्रीमा सभापति देउवालाई नियुक्त गर्न परमादेश जारी गरेपछि सभापति देउवाले मंगलबार बेलुका राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्रीको सपथ लिएका थिए ।

सर्वोच्चको फैसलापछि पार्टी एकता प्रक्रिया अगाडि बढेको भन्दै आफू गठबन्धनको साथमा नरहेको घोषणा गरेका वरिष्ठ नेता नेपाल मंगलबार देउवाको सपथ ग्रहणमा सहभागी हुनुका साथै बधाई दिएर बाहिरिएका थिए ।

नेता नेपाल पक्षका २६ जना सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका देउवा र नेपाल बीच पछिल्लो राजनीतिक अवस्था मात्र नभएर विश्वासको मत लगायतका विषयमा पनि छलफल हुने आंकलन गरिएको छ । नेता नेपाल आफैले प्रधानमन्त्री देउवालाई चियाको लागि निवासमा निम्तो दिएको बताइएको छ । तरिस्बरः मोहन गौतम

वि.सं.२०७८ असार ३० बुधवार १८:०२ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...