back
CTIZAN AD

आँखामा पट्टि लगाइएको राष्ट्रपतिको तस्बिर भाइरल, के हो वास्तविकता ?

वि.सं.२०७८ असार ३० बुधवार

735 

shares

असार ३०, काठमाडौं । सामाजिक सञ्जालमा राष्ट्रपति विद्यादेवी भण्डारीको एउटा तस्बिर भाइरल बनेको छ । आँखामा पट्टि लगाइएको उक्त तस्बिर शेयर गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले सत्ता गठबन्धन र प्रधानमन्त्री शेरबहादुर देउवाको विरोध गरेका छन् ।

नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले पनि उक्त तस्बिर शेयर गर्दै ‘नयाँ सरकारले गरेको पहिलो अपराध’ भनेका छन् । तस्बिर शेयर गर्दै उनले भनेका छन्, ‘नयाँ सरकारको पहिलो अपराध फोटोमा गणतन्त्रको मजाक ।’

के हो वास्तविकता ?

सामाजिक सञ्जालमा भाइरल बनेको र विशेषतः नेकपा (एमाले)को निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पक्षबाट शेयर गरिएको तस्बिर खासमा राष्ट्रिय समाचार समिति (रासस)बाट लिइएको हो । तस्बिर राससका फोटो पत्रकार रोशन सापकोटाले लिएका हुन् ।

तस्बिर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको हो । प्रधानमन्त्रीमा नियुक्त भएपश्चात शेरबहादुर देउवाले राखेको मन्त्रिपरिषद बैठकको तस्बिर हो ।

सामाजिक सञ्जालमा चर्चा गरिएअनुसार तस्बिरमा सेतो पट्टि भने लगाइएको छैन् । मन्त्रिपरिषद कार्यालयले बताएअनुसार कोठामा भएको बत्तीको प्रभाव राष्ट्रपतिको तस्बिर भएको फ्रेममा पर्दा यस्तो देखिएको हो ।

कोठामा भएको बत्ति बाल्दा तस्बिरमा सेतो पट्टि बाँधिएको जस्तो देखिने र नबाल्दा सामान्य जस्तो देखिने कार्यालयले जनाएको छ ।

वि.सं.२०७८ असार ३० बुधवार १७:५३ मा प्रकाशित

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...