back
CTIZAN AD

हिमालय एयरलाइन्स भन्छ–काठमाडौं–दमाम उडानमा बढी भाडा लिएका छैनौं

वि.सं.२०७८ असार ३० बुधवार

1K 

shares

३० असार, काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौंदेखि दमामसम्मको उडानका लागि उच्च हवाई भाडा तथा क्वारेन्टिन सेवा शुल्क लिइरहेको भनी आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै एयरलाइन्सले सञ्चारमाध्यममार्फत गरिएको चर्चा गलत भएको बताएको छ ।

‘नेपाल सरकार र साउदी अरब सरकारले अनिवार्य नियामक निर्देशिका प्रकाशित गरेको थियो, जसमा अपरिहार्य भाडाअन्तर्गत हवाईभाडा, प्रवासमा क्वारेन्टिइन सुविधा र सम्बन्धित कोभिड–१९ स्वास्थ्य सुविधासहित समावेश गरिएको थियो, सोही निर्देशिकाको पालनामा हाम्रो एयरलाइन्सले यस क्षेत्रमा उडानहरू सञ्चालन गर्न सबै आवश्यक सुविधासहितको बन्डल भाडा सुरू गरेको हो,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बन्डल भाडामा एयरलाइन्स आधार भाडा, सबै नियामक कर, होटल यातायात र सात रात होटल बसोबास शुल्क, (बिहानको खाजा, खान, डिनर सामेल) र दमााम आइपुग्दा गरिने दुई पीसीआर परीक्षण सुविधा समावेश रहेको जानकारी दिइएको छ ।

विज्ञप्तिमा अघि भनिएको छ, ‘साउदी अरब सरकारको निर्देशिका अनुसार यात्रुहरू स्वयं क्वारेन्टिनमा बस्ने अनुमति नभएको र त्यहाँको सरकारले तोकेको क्वारेन्टिन होटलमा बस्नुपर्ने नियम अनिवार्य गरिएको छ । यस कारण, नियमित हवाई बन्डल भाडाको तुलनामा अहिलेको भाडा अलि महँगो भएको जानकारी दिन चाहन्छौं ।’ दमामका लागि अतिरिक्त होटल क्वारेन्टिन शुल्कले ६० प्रतिशत ओगट्ने र हवाई भाडा कूल लागतको ४० प्रतिशत मात्र हुने कम्पनीको भनाई छ ।

 

वि.सं.२०७८ असार ३० बुधवार २१:२३ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...