back
CTIZAN AD

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईद्धारा प्रधानमन्त्री समक्ष तत्काल वार्ताको आग्रह

वि.सं.२०७८ असार ३१ बिहीवार

834 

shares

३१ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले धरानस्थित बिपी कोइरालास्वास्थ्य विज्ञान प्रतिष्ठानको शुद्धीकरण अभियानप्रति ऐक्यबद्धता जनाउँदै प्रधानमन्त्री समक्ष तत्काल वार्ताको अपिल गरेका छन् ।

प्रतिष्ठानभित्र रहेको विकृति र विसंगतिहरुको अन्त्य तथा प्रतिष्ठानको पदाधिकारी नियुक्तिलाई राजनीतिक हस्तक्षेपमुक्त राख्दै प्राज्ञिक मर्यादा कायम गर्नुपर्ने मागसहित प्रतिष्ठानका शिक्षक, कर्मचारी तथा नागरिक अगुवाहरु समेतले सुरु गरेको ‘प्रतिष्ठान शुद्धिकरण अभियान’ प्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाएका छन् ।

‘निर्वतमान सरकारले जारी अभियानलाई चिकित्शा शिक्षा क्षेत्रको विकृति र विसंगतिको अन्त्य गर्ने अवसरको रुपमा सम्बोधन गर्नुपर्नेमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका प्रतिष्ठानसँग सम्बन्धी व्यक्तिहरु तथा नागरिक अगुवाहरुको गिरफ्तारीले निवर्तमान सरकारको गैरजिम्मेवारपन अझ उदांगिएको छ ।’ डा. भट्टराईद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

डा. भट्टराईले उक्त अभियानप्रति आफ्नो ऐक्यबद्धता जनाउँदै नेपाल सरकार र विशेष गरी प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष तत्काल वार्ताको माध्यमद्धारा जायज मागहरुको सम्बोधन गर्न समेत आग्रह गरेका छन् ।

Image

 

वि.सं.२०७८ असार ३१ बिहीवार १३:१५ मा प्रकाशित

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...