back
CTIZAN AD

सिन्धुपाल्चोकका बाढी प्रभावितलाई परिवार नियोजनको साधनसहित ‘डिग्निटी किट’ हस्तान्तरण

वि.सं.२०७८ असार ३१ बिहीवार

669 

shares

३१ असार, काठमाडौँ । नेपाल परिवार नियोजन सङ्घले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका बाढी प्रभावितलाई एकीकृत प्रजनन स्वास्थ्य शिविर आयोजना गरेको छ ।

यही असार १ गते सो नगरपालिकाको मेलम्ची र इन्द्रावती नदीमा आएको अकल्पनीय भीषण बाढीले नगरका वडा नं ६, १० र ११ मा अपूरणीय भौतिक क्षति पुर्याएको थियो । शिविरमा पाठेघरका मुखमा हुने अर्वुद परीक्षण, एचआइभी परीक्षण तथा परामर्श, गर्भवती, परिवार नियोजनको स्थायी तथा
अस्थायी,प्रयोगशाला, लैङ्गिकताका आधारमा गरिने हिंसा हुन नदिन परामर्श सेवा प्रदान गरिएको सङ्घका कार्यक्रम निर्देशक सुवास श्रेष्ठले जानकारी दिए ।

सो शिविरमा ३०० महिलाले सेवा लिएका थिए । सो नगरपालिका र हेलम्बु गाउँपालिकामा एक हजार गर्भवती रहेका र तिनलाई तत्काल स्वास्थ्य सेवा आवश्यक रहेको जनाइएको छ । उनले भने, “विपद्का अवस्थामा गाँस, बास र कपासपछि पहिलो प्राथमिकतामा प्रजनन स्वास्थ्य सेवा तत्काल आवश्यक पर्छ । यही आवश्यकतालाई ध्यान दिई स्वास्थ्य शिविर आयोजना गरेका हौँ । स्थानीयवासीबाट पुनः माग भएमा शिविर सञ्चालन गर्न तयार छौँ ।”

सङ्घले छ दशकभन्दा बढी समयदेखि निरन्तर प्रजनन स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । सङ्घका प्रशासक डा नरेशप्रताप केसीले संस्थाले स्थानीयवासीको मागअनुसार एकीकृत प्रजनन स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जानकारी दिए ।

सङ्घले सोही अवसरमा सो नगरपालिकामा आवश्यक पर्ने परिवार नियोजनको अस्थायी साधन तथा महिलाका लागि ‘डिग्निटी किट’ हस्तान्तरण गरेको सङ्घका पैरवी अधिकृत जमुना सिटौलाले जानकारी दिइन्। नगरप्रमुख डम्बरबहादुर अर्याललाई सङ्घका कार्यक्रम अधिकृत श्रेष्ठले ती सामग्री हस्तान्तरण गरेका थिए ।

यौन तथा प्रजनन स्वास्थ्य सेवा जारी

सङ्घले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार कोभिड–१९ महामारीका अवस्थामा पनि आफ्नो सेवा निरन्तर जारी रहेको जनाएको छ । देशका विभिन्न स्थानमा रहेका आफ्ना क्लिनिकमार्फत सन् २०२० मा ३३ लाखलाई विभिन्न सेवा उपलब्ध गराइएको र यो सन् २०१९ को सामान्य अवस्थामा प्रदान गरिएको सेवाभन्दा १५ प्रतिशत मात्र कम रहेको सङ्घले जनाएको छ ।

सङ्घले सेवाको पहुँचबाट वञ्चित, सीमान्तकृत समुदाय, यौन तथा लैङ्गिक अल्पसङ्ख्यक, यौनकर्मी महिला, एचआइभी, एड्स सङ्क्रमित तथा अपाङ्गता भएका व्यक्तिका लागि सधैँ निःशुल्क सेवा उपलब्ध गराउँदै आइरहेको छ । सङ्घका सेवाग्राहीमध्ये लगभग ९० प्रतिशत सेवाका पहुँचबाट वञ्चित छन् जसमा ३० प्रतिशत युवा तथा किशोरकिशोरी छन् ।

विशेषगरी कोभिड महामारीका अवस्थामा कुनै पनि सेवाग्राही यौन तथा प्रजनन स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यौन तथा प्रजनन स्वास्थ्य सेवा र हेल्पलाइन सेवा प्रदान गर्न अहोरात्र खटिएका सङ्घका सेवाप्रदायकको योगदान प्रशंसनीय छ ।

महामारीका समयमा परिवार नियोजन, सुरक्षित गर्भपतन, सुरक्षित मातृत्व तथा नवजात शिशु एवम् बाल स्वास्थ्य, एचआइभी तथा एड्स, यौन सङ्क्रमणलगायत प्रजनन स्वास्थ्यसम्बन्धी परामर्श तथा सेवाको जानकारी चाहिएमा हेल्पलाइन नं १६६००१४५००० मा सम्पर्क गर्न पनि सङ्घले आग्रह गरेको छ । निःशुल्क सो सेवा बिहान ७ देखि साँझ ७ बजेसम्म हुने जनाइएको छ ।

 

वि.सं.२०७८ असार ३१ बिहीवार १३:१० मा प्रकाशित

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...

पर्सामा एक सय किलो गाँजा पक्राउ

पर्सामा एक सय किलो गाँजा पक्राउ

काठमाडौैँ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल...

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौँ । विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए...

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि...

बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै छ ?

बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै छ ?

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...