३१ असार, काठमाडौँ । नेपाल कानुन व्यवसायी परिषद स्थापना भएको २९ बर्ष पछि पहिलो पटक पंच वर्षीय रणनीतिक योजना सार्वजनिक गर्दै प्रकाशित भएको छ।
उन्नाइस हजार वकिलको भाग्य र भविष्य जोडिएको बहुप्रतिष्ठित रणनितिक योजनामा ६ वटा लक्ष्य लिइएको पार्षद् चन्द्रकान्त ज्ञवालीले जानकारी दिए ।
यसको लक्ष्यहरूमा पहिलो लक्ष्य गुणात्मक कानुन शिक्षा हो। गुणात्मक कानुन शिक्षाको लागि कानुन शिक्षा पढाइ हुने विश्व विद्यालयहरूको परामर्शमा पाठ्यक्रमको मापदण्ड तयार गर्ने, यसको लागि विश्व विद्यालयहरूलाई सहयोग र समन्वयकारी भूमिका खेल्ने रहेको छ।
दोस्रो लक्ष्यमा १९ हजार कानुन व्यवसायीहरूलाई निरन्तर तालिम प्रदान गर्न lawyers Academy स्थापना गर्ने, कानुन व्यवसायीको नयाँ ब्यबसायिक क्षेत्र पहिचान गर्ने रहेको छ। तेस्रो legal clinical education मार्फत अभ्यास अदालत स्थापना गरी कार्यान्वयन गर्ने रहेको छ।
त्यस्तै चौथोमा सबै कानुन व्यवसायी लाई अध्ययन अनुसन्धानमा सरीक गराइनेछ। पाचौमा सामूहिक विमा र वृत्ति विकासमा सहयोग गर्ने रहेको छ। छैटौमा आचार संहिता कडाइका साथ लागू गरी सक्षम तथा मर्यादित कानुन व्यवसायी र कानुन ब्यवसाय मार्फत सक्षम न्याय प्रणाली र सक्षम न्यायपालिकाको संस्थागत विकासमा सहयोग पुर्याउन पहल गर्ने रहेको छ।
यो रणनितिक योजना २०७८ साल श्रावण १ गते देखि लागू हुने भएको छ।
वि.सं.२०७८ असार ३१ बिहीवार १२:५५ मा प्रकाशित






























