back
CTIZAN AD

एमाले स्थायी कमिटीको बैठक आज बस्दै, माधव पक्ष विभाजित

वि.सं.२०७८ साउन १ शुक्रवार

753 

shares

१ साउन, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । बैठक  बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान ग्वार्कोमा  बोलाइएको हो ।

पुनःस्थापित प्रतिनिधि सभामा एमालेको भूमिकाबारे छलफल गर्न ओलीले आजको स्थायी कमिटीको बैठक बोलाएका हुन् ।

अध्यक्ष ओलीको निर्देशनमा महासचिव ईश्वर पोखरेलले स्थायी कमिटी बैठक बोलाएका हुन् । सरकारबाट बाहिरिएपछि पहिलो पटक एमालेको स्थायी कमिटी बैठक बस्न लागेको हो ।

माधव पक्षीय सांसदलाई पनि बैठकमा उपस्थितिको लागि निम्तो पठाइएकाे छ । तर, ओलीले बोलाएको संसदीय दलको बैठकमा जाने वा नजाने भन्ने विषयमा माधव पक्ष विभाजित देखिएको छ । माधव पक्षको मुख्य समूह बैठकमा नजाने निर्णयमा पुगेको छ भने अर्को समूह बैठकमा उपस्थित हुनुपर्ने निर्णयमा देखिएको छ ।

प्रतिनिधिसभा पुनःस्थापना भएर शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच अझ कटुता बढेको छ । आफ्ना समर्थकको लावालस्करका साथ बालुवाटारबाट निजी निवास खुमलटार पुगेका ओलीले माधव पक्षलाई गद्धारको संज्ञा दिँदै पार्टीको कुनै ठाउँ नभएको उद्घोष गरेका थिए ।

स्थायी कमिटी बैठकपछि तीन बजे नयाँ बानेश्वरस्थित लोत्से हलमा संसदीय दलको बैठक बोलाइएको छ ।

वि.सं.२०७८ साउन १ शुक्रवार ०८:४१ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...