back
CTIZAN AD

बैठक स्थलबाट बाहिरियो माधव पक्ष, भीम रावल भन्छन् – ओलीजीबाट प्रस्ताव ठाडै अस्वीकार भयो

वि.सं.२०७८ साउन १ शुक्रवार

855 

shares

साउन १, काठमाडौं । नेकपा (एमाले)को बैठक स्थलबाट माधवकुमार नेपाल पक्षीय नेताहरु बाहिरिएका छन् । बैठक रोक्न माग गर्दै बैठक स्थलमा पुगेका उनीहरु प्रस्ताव अस्वीकृत भएसँगै बाहिरिएका हुन् ।

माधव पक्षले बैठक रोक्न र समझदारी कायम गरेर अघि बढ्न पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रस्ताव गरेको थियो । तर, अध्यक्ष ओलीले ठाडै अस्वीकार गरेसँगै आफुँहरु बैठकबाट बाहिरिएको माधव पक्षीय नेता भीम रावलले जानकारी दिए ।

कार्यदलको सुझाब र पछिल्लो राजनीतिक घटनाका आधारमा न्यूनतम समझदारी कायम गरेर बैठक बोलाउन आफुँहरुले अनुरोध गरेको रावलले बताएका छन् ।

‘बैठक बोलाउनुभन्दा अघि ओली जी र माधव जीबीच शीर्ष तहमा छलफल गर्ने, त्यसपछि हाम्रो तहमा छलफल गर्ने, हामीले कार्यदलको बैठकमा जुन प्रक्रियागत कुराहरु गरेका थियौं तद्अनुसार अगाडि जाने कुरा आग्रह गर्यों’ रावलले भनेका छन्, ‘तर, उहाँले हाम्रो कुरा सुन्न चाहनुभएन, हामीमा बैठकमा बस्ने अवस्था भएन् ।’

अहिले तुलसीलाल प्रतिष्ठान, च्यासलमा एमालेको स्थायी कमिटी बैठक जारी छ । बैठकमा ओली पक्षीय स्थायी समिति सदस्यहरु मात्रै सहभागी छन् ।

वि.सं.२०७८ साउन १ शुक्रवार १३:१९ मा प्रकाशित

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अग्र्यानिक तरकारी’

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अग्र्यानिक तरकारी’

संगीता राई, धरान (सुनसरी) । साँझ पर्न थालेको छ ।...

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड दुइतर्फी संचालन

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड दुइतर्फी संचालन

मुग्लिन (चितवन) । नारायणगढ–मुग्लिन सडकमा दुईतर्फी रुपमा यातायात सञ्चालनमा आएको...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...